newskoseli.Com

गायक जस्टिन बिबर बाउ बन्दै !

विश्वचर्चित गायक जस्टिन बिबर लगातारजसो नै चर्चामा रहन्छन् । कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले पछिल्ला दिन उनी मिडियामा छाउने गरेका छन् ।

तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । इन्स्टाग्राममा लामो पोस्ट गरेर यसबारे जस्टिनले संकेत दिएका छन् । जस्टिनको पोस्टका कारण मिडियामा यो खबर छाएको छ कि उनकी पत्नी हैली वाल्डविन गर्भवती छिन् । पोस्टमा जस्टिनले आफ्नो निजी जीवनको अनुभव र तनावका बीच चलिरहेको दिनचर्याबारे बताएका छन् ।

उनले राम्रो श्रीमान् र पिताले निभाउनु पर्ने जिम्मेवारीको पनि कुरा गरेका छन् । जस्टिनको त्यही पोस्टका कारण हैली गर्भवती भएको हल्ला चलेको हो । उनले भनेका छन्– ‘म मेरो विवाह सम्हाल्न सक्षम छु र पिता बन्न पनि । म त्यो चाहन्छु पनि ।’

जस्टिन बाउ बन्न लागेको चर्चा बारेको यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर