newskoseli.Com

राजदरबारको सिनेमा कहानी : कहिले खुल्ला नारायणहिटीभित्रको हल ?

नारायणहिटी दरबार पुगेका अवलोकनकर्तामा एउटा जिज्ञासा उत्पन्न हुन सक्छ– ‘राजपरिवारका सदस्य सिनेमाप्रति चासो राख्थे कि राख्दैनथे ? सिनेमा कहाँ हेर्थे होलान् ?’

तत्कालीन राजपरिवारका सदस्य एवं शाही नातेदार सिनेमाका पारखी थिए । नारायणहिटी दरबारभित्र रहेको सिनेमा हलमा प्रायः शुक्रबार सिनेमा हेर्ने गरिन्थ्यो । दसैंमा टीका थाप्ने कक्षसँगै जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्द छ । दरबारभित्रका विभिन्न कक्ष सर्वसाधारणका लागि खुला गरिए पनि सिनेमा हललाई भने खुला गरिएको छैन ।

त्यतिबेला उपत्यकाका सिनेमा हलबाट ‘हाफ टाइम’ मा सिनेमाका रिललाई दरबारतर्फ कुदाइन्थ्यो । रिलको व्यग्र पर्खाइमा राजपरिवार सिनेमा हलमा बस्थे । कर्मचारीहरूले हस्याङफस्याङ गरी दरबारभित्रको सिनेमा हलमा पुर्‍याइएको रिललाई हतारिँदै प्रोजेक्टरमा राखेर चलाउँथे । यता ‘हाफ टाइम’ को रिल सकिँदा उता सिनेमा हलमा ‘हाफ टाइम’ पछिको भाग सकिन्थ्यो । त्यसलाई फेरि हतारिँदै दरबारतर्फ कुदाइन्थ्यो । दरबारमा हेरिसकेको रिललाई पुनः हतारिँदै सिनेमा हलमा फर्काइन्थ्यो ।

राजदरबारभित्रको सिनेमा माहोलसम्बन्धी यो खबर प्रकृति अधिकारीको बाइलाइनमा सोमबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर