newskoseli.Com

‘द कपिल शर्मा सो’ बन्द हुँदै !

भारतका चर्चित हास्यकलाकार कपिल शर्माको टेलिभिजन ‘सो’ सुरु भएको महिनादिन पनि नबित्दै बन्द हुने खबरले सनसनी फैलिएको छ ।

उनको ‘सो’ पुनः सुरु हुने खबरले दर्शकहरुमा खुशियालीको माहोल बढिरहेका बेला आएको यस्तो खबरले आमदर्शकमा चरम निराशा पैदा पक्का छ ।

अङ्ग्रेजी भाषाको एक वेबसाइटका अनुसार ‘द कपिल शर्मा सो’ को १३ हप्तासम्म २६ श्रृङ्खला मात्रै चल्नेछ  । ‘जतिबेला हामीले कलर्स टेलिभिजनमा ‘कमेडी नाइट्स अफ कपिल’ सुरु गरेका थियौं, त्यसैबेला नै हामीले अर्को ‘सिरिज’ समेत बनाउने कुरा सोचेका थियौं र पनि यो ‘सो’ सुरु गरेका थियौं । दर्शकले अत्यधिक रुचाइदिएपछि हामीले चाहेर पनि उतिबेला यो श्रृङ्खला बन्द गर्न सकेनौं’, यस वेबसाइटमा आएको खबरबारे संवाददाताहरुले कपिल शर्मासँग जिज्ञासा राख्दा शर्मा भन्छन्– ‘हामीले अहिले चाहिँ पहिल्यै सोचेका छौं कि यो नयाँ ‘सो’ २६ श्रृङ्खलाकै हुन्छ र यसलाई हामी १३ हप्तासम्म मात्रै निरन्तरता दिन्छौं ।’

कलाकार शर्मा अगाडि भन्छन्– ‘पछि अर्को ‘सिरिज’ लिएर आउने नै छौं, हरेक ‘सो’ को बीचबीचमा ब्रेक त भइहाल्छ नि, यो कुनै अनौठो कुरा भएन ।’

‘द कपिल शर्मा सो’ को प्रशारण सोनी च्यानलमा अप्रिल २३ देखि सुरु भएको थियो । उक्त ‘सो’ मा कपिल शर्माबाहेक अलि असगर, सुनिल ग्रोबर, किकु शारदा, सुमना चक्रवर्ती, चन्दन प्रभाकर र रोशन रावले अभिनय गरेका छन् । यो कार्यक्रममा अतिथि भएर पहिलो पटक बलिउड नायक शाहरुख खान समेत संलग्न भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर