newskoseli.Com

डेंगुबाट ४ जनाको मृत्यु : यस्ता हुन्छन् डेंगुका लक्षण…

यस वर्ष डेंगु संक्रमणका कारण चार जनाको मृत्यु भैसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस रोगको संक्रमणबाट गत वर्ष तीन जनाको मृत्यु भएको थियो ।

डेंगु संक्रमण न्यूनीकरणका लागि कार्यक्रमसहित सातै प्रदेशमा ६ करोड १७ लाख रुपैयाँ खर्च पठाइएको महाशाखाका प्रमुख डा. विवेक लालले जानकारी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित ‘डेंगु सङ्क्रमण र रोकथाम’ विषयक अन्तर्क्रियामा बोल्दै संक्रमणको जोखिम रहेका मुलुकका विभिन्न ४२ जिल्ला तथा ८५ स्थानीय तहमा रोग नियन्त्रणका लागि १ करोड ६६ लाख रुपैयाँ खर्च पठाइएको उनले बताए ।

शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, पिसाब तथा बान्ता गर्दा रगत आउनेलगायतका लक्षण देखा परेमा सतर्क हुनुपर्ने सुझाव विशेषज्ञ डा. बाबुराम मरासिनीले दिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार श्वास फेर्न अप्ठ्यारो हुने रोगको लक्षण देखिएमा रगतमा भएको प्लेटलेट्सको संख्या परीक्षण गर्नुपर्छ ।

‘एडिज’ नामक लामखुट्टेका कारण यो रोगको संक्रमण हुने हुँदा घर वरिपरि फोहोर, पानी जम्ने खाल्डाखुल्डी भए त्यसलाई सफा गर्नुपर्ने उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर