newskoseli.Com

दुर्गेश थापाको गीत ‘ह्याप्पी तिहार’ सरकारद्वारा प्रतिबन्धित

तीव्र विवादमा आएको दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ बोलको गीतमा खानपानलाई अतिरञ्जित गर्दै नेपालीको संस्कृतिलाई नै विकृत बनाउने गरी शब्दहरु प्रयोग गरिएको भन्दै सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले सो गीतको प्रशरण तत्काल बन्द गर्न मंगलबार निर्देशन दिएको हो ।

कानुनबमोजिम नेपालमा प्रतिबन्धित लागूऔषध गाँजा सेवन गर्न उक्त गीतमार्फत युवालाई प्रोत्साहन हुने गरी सङ्गीत भरेर दृश्य समेत छायाङ्कन गरी समाजमा गलत सन्देश फैलाउने कार्य गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो । थापाको युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमाथि आमसञ्चार माध्यममा प्रकाशन–प्रशारण गर्न प्रतिबन्ध लगाई सोही युट्युब च्यानलबाट समेत तत्काल प्रशारण बन्द गर्न गृह मन्त्रालयको पत्रानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको खबर राससले प्रेषित गरेको छ ।

सोही गीतका कारण गायक थापाविरूद्ध परेको उजुरीका आधारमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । उक्त गीत तत्काल युट्युबबाट हटाउने प्रतिबद्धता जाहेर गर्दै सार्वजनिक रुपले माफी समेत मागेपछि उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

थप यो पनि पढ्नुहोस्–
‘चिसो बियर’ वाला गायक दुर्गेश थापा पक्राउ

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर