newskoseli.Com

‘जन्माउन नचाहेकी छोरी ईशा’, उनैले बढाइन् परिवारको इज्जत !

गायक सन्तोष परियारको स्वर र संगीतमा रहेको ‘महलकी राजकुमारी’ गीतमा मोडल छिन् ईशा परियार । ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड’ मा फिमेल मोडलबाट उनी सोही गीतमा उत्कृष्ट (टप टेन) मा परेकी छन् ।

सानैदेखि नाच्न–गाउन मन पराउने ईशा स्कुलका विभिन्न कार्यक्रममा भाग लिँदा सधैं पहिलो–दोस्रो हुन्थिन् । कहिलेकहीं त स्कुलबाट भागेरै समेत विभिन्न स्थानीय प्रतियोगिताहरुमा सहभागी हुन्थिन् । अभिभावकले गाली गर्थे रे– ‘नाचेर तेरो जिन्दगी चल्छ ? खुरुखुरु नपढेर किन यो केटीलाई कम्मर मर्काउन जानुपर्‍या होला !’

अहिले त्यही ‘कम्मर मर्काइ’ नै ईशाको दिनचर्या भएको छ । अहिले उनी नृत्यांगनासँगै मोडल समेत भएकी छन् । विभिन्न कार्यक्रममा नृत्यका लागि भ्याइनभ्याइ छ । बराह नगरपालिका– ५, कालाबन्जर, सुनसरीकी उनी अहिले आफ्नो प्रतिभा थप निखार्न काठमाडौंमा छिन् ।

दुई दाइ र दुई दिदीपछिकी कान्छी हुन् ईशा । ‘सन्तान धेरै भए, अब नजन्माऊँ क्यारे’– उनका बाले भनेछन् । तर, आमाले गर्भ तुहाउन मानिनन् । आज आएर उनका बाबु कहिलेकहीं भन्छन्– ‘जुन छोरीलाई जन्माउनै चाहेको थिइनँ, आज उसैले हाम्रो परिवारको इज्जत बढाएकी छ ।’

उनका धेरै सहकर्मी–साथीहरूको बिहे भइसकेको छ । तर, उनलाई बिहेको हतारो नभएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर