newskoseli.Com

सलमान खानका यी १० ‘प्रेमिका’ !

बलिउड अभिनेता सलमान खान ५० वर्षका भए । उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन् । सलमानसँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन् । अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ तर उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन् ।

संगीता बिजलानीबाट सुरु भएको सम्बन्ध युलियासम्म जारी छ । सम्बन्ध जोडिने र छुट्टिने क्रम जारी नै छ । संगीता बिजलानीलाई सलमान खानकी पहिलो ‘प्रेमिका’ भनिन्छ । यो सम्बन्ध त्यो समयको हो, जतिबेला सलमानभन्दा संगीता लोकप्रिय थिइन् । संगीता मोडल थिइन् भने सलमान आफ्नो करिअर बनाउने कोसिस गरिरहेका थिए । दुवैले केही विज्ञापनमा सँगै काम गरेका थिए । त्यतिबेलैको दोस्ती ‘प्रेम’ मा बदलिएको थियो ।

विस्तारै सलमान स्टार बने । संगीताले विवाह गर्न चाहिन् तर सलमान तयार भएनन् । र, उनीहरूको ब्रेकअप भयो । ब्रेकअपपछि उनीहरू साथी बने । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दिनसँग विवाह गरिन् ।

कराँचीमा जन्मेर फ्लोरिडामा बढेकी सोमी अली सलमानकी फ्यान थिइन् । १६ वर्षको उमेरमा उनी सलमानलाई भेट्न मुम्बई आइन् । केही मोडलिङ गरेपछि उनी फिल्ममा प्रवेश गरिन् । त्यसपछि सलमानसम्म पहुँच बनाइन् । बिस्तारै दुवै एक–अर्कासँग नजिक भए र ‘प्रेम’ मा परे । सोमी सलमानलाई धेरै मन पराउँथिन् । आठ वर्षसम्म दुवै ‘डेटिङ’ मा रहे । सोमी सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान विवाहको मुडमा थिएनन् । सलमानको मदिरा पिउने बानी र खराब व्यवहारका कारण उनी फ्लोरिडा फर्किइन् ।

अरू काे–काे ?

सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्या लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको छायांकनका क्रममा सलमान र ऐश्वर्या एक–अर्कासँग नजिक भए । ऐश्वर्यालाई भेट्ने बित्तिकै सलमानको व्यवहार फेरियो । उनी ऐश्वर्यामाथि अधिकार जमाउन थाले । रोकतोक गर्न लागे । ऐश्वर्या जुन हिरोसँग काम गर्थिन्, सलमान शंकालु नजरले हेर्थे । सलमानको खराब व्यवहारका कारण ऐश्वर्याले सलमानसँग सम्बन्ध तोडिन् ।

‘बुम’ फिल्मबाट निराशाजनक सुरुआत गरेपछि कैटरिना केफ सलमानको सम्पर्कमा आइन् । सलमानसँग उनले ‘मैने प्यार क्युं किया’ फिल्म गरिन् । त्यसपछि सफलताको सिँढी चढ्दै गइन् । उनी सलमानसँग निकै नजिक रहिन् । सलमान र कैटरिनाको विवाहको मिति पनि धेरै पटक तोकियो तर हुन सकेन । कैटरिनाले पनि सलमानसँग घर बसाउने सपना देखिन् तर सलमानले यसबारेमा निर्णय लिएनन् । जवाफ नपाएपछि उनी सलमानबाट टाढा भइन् ।

रोमानियाकी युलिया वन्तुर सलमानसँग नजिकिइन् तर उनीसँग विवाह गर्न सलमान तयार भएका छैनन् । यसका साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको खबर शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर