
कोरोनाभाइरसको महामारीले विश्वलाई नै गाँजिरहेको र नेपाल समेत उच्च जोखिममा रहेको खबर आइरहेका बेला काठमाडौंमा ६ जनालाई कोरोनाभाइरसको संक्रमण भएको आशंका गरिएको छ ।
राजधानीमा कोरोना संक्रमणको आशंका गरिएकामध्ये ४ जनालाई पाटन अस्पताल र २ जनालाई टेकु अस्पतालको ‘आइसोलेसन वार्ड’ मा भर्ना गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखिएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले दिएका हुन् ।