
विश्वमै सबैभन्दा पहिले कोरोना महामारी देखा परेको राष्ट्र चीनले सो देशमा अब उक्त ‘नोबेल कोरोना भाइरसको महामारी’ अन्त्य भएको घोषणा गरेको छ ।
चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले बिहीबार सो महामारी अन्त्य भएको घोषणा गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनमा वुहान र बाहिर समेत कोरोनाका नयाँ बिरामी देखिन छाडेपछि चीनले ‘महामारी अन्त्य’ को घोषणा गरेको हो ।
कोरोना महामारीकै बीच चीनले हतार–हतार तयार पारेका वुहानका सबै अस्थायी अस्पताल समेत बन्द गरिसकेको छ ।