newskoseli.Com

कोरोना संक्रमित चौथो बिरामीकाे पुष्टि : उपत्यकाबाहिर पहिलो व्यक्तिमा काेभिड– १९

नेपालमा चौथो व्यक्तिमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

शुक्रबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट ३४ वर्षीय पुरूषमा कोभिड– १९ पोजिटिभ भेटिएको जानकारी उनले दिए । उपत्यकाबाहिर पहिलो पटक कोरोनाको संक्रमण देखिएको बताउँदै ती संक्रमितको कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेका जानकारी उनले दिए ।

हालै दुबईबाट फर्किएका उनी चैत ११ मा अस्पताल भर्ना भएका थिए । राजधानीबाहिर समेत कोरोना संक्रमणको पुष्टि भइसकेले लकडाउन पालना गरेर घरमै बस्न डा. देवकोटाले आग्रह गरे । नेपालमा यसअघि तीन जनामा कोरोना संक्रमणको पुष्टि भइसकेकामा एक जनालाई भने निको भइसकेको छ र बाँकी दुईको सामान्य अवस्थामा उपचार भैरहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर