newskoseli.Com

कोरोना उपचारमा खट्ने स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न होटलमा राखिने

कोरोनाभाइरस (कोभिड– १९) फैलिएमा त्यसको उपचार र नियन्त्रणमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई सुविधासम्पन्न अस्पताल वा होटेलमा राख्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

कोरोनाभाइरसको महामारी फैलिएको अवस्थामा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई उपचार गर्ने अस्पतालको नजिक रहेका अस्पताल वा सुविधासम्पन्न होटलमा बस्ने र खाने व्यवस्थाको तयारी गरिएको जानकारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालका स्वास्थ्यविज्ञ डा. खेम कार्कीले दिएका छन् ।

‘उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि संक्रमण फैलने सम्भावनालाई मध्यनजर गर्दै त्यसो हुन नपाओस् भनी हामीले उहाँहरुलाई अस्पताल नजिकका होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौं,’ उनले भने– ‘भोलि यदि महामारी भयो भने उपचारमा खट्ने स्वास्थ्यकर्मीहरुलाई कुन–कुन अस्पतालमा राख्ने भन्ने नक्शाड्कन (म्यापिङ) गरिरहेका छौं ।’

कोरोनाको उपचारमा संलग्न चिकित्सकको मनोबल बढाउन सरकारले यसअघि नै निःशुल्क बीमा, थप सुविधालगायतका निर्णय गरिसकेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर