newskoseli.Com

महामारीका बेला अस्पताल नआएका ५ डाक्टर बर्खास्त

विश्वव्यापी महामारीका रुपमा कोरोनाभाइरसको सन्त्रास छाइरहेका बेला कुनै जानकारीविनै अस्पतालमा उपस्थित नभएका पाँच चिकित्सकलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले बर्खास्त गरेको (सेवाबाट हटाएको) छ । अस्पतालमा विभिन्न विशेषज्ञका रुपमा करिव एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा जानकारी नै नदिई करिव डेढ महिनादेखि अनुपस्थित भएकाले तिनलाई बुधबार सेवाबाट हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए ।

कोरोनाको महामारी संक्रमणका बेला जनतालाई सेवा दिनु पर्नेमा सेवामा अनुपस्थित रहेर अस्पतालमा समेत जानकारी नदिएकाले तिनलाई सेवाबाट हटाउने निर्णय गरिएको डा. खनालले बताए । रेडियोलोजी विभागका डा. वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक–कान–घाँटी विभागका डा. प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा. प्रकृति कार्की सेवाबाट हटाइएका हुन् ।

अस्पताल प्रशासनलाई जानकारी नदिई उनीहरु सेवामा अनुपस्थित थिए । हटाइएकाहरु करारमा नियुक्त चिकित्सक हुन् । सुपरिटेनडेन्ट खनालले भने– ‘यस्तो महासंकटको बेलामा जस्तोसुकै कठिन अवस्थामा पनि सेवा दिन तयार रहनु पर्नेमा सम्पर्कविहीन भएपछि तिनलाई हटाउनुको विकल्प थिएन ।’ महामारीका बेलामा पनि सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न मन्त्रालयले दिएको निर्देशनअनुसार नै उनीहरुमाथि अस्पतालबाट कारबाही गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर