newskoseli.Com

‘सन् २०२२ सम्म कोरोना जोखिम, त्यतिबेलैसम्म सामाजिक दुरी’ : अध्ययन

सन् २०२० सुरु हुनुभन्दा अघिल्लो दिनदेखि देखा परेको कोरोनाभाइरसको संक्रमणको खतराबाट बच्नका लागि सन् २०२२ सम्म नै ‘सामाजिक दुरी’ कायम गर्नुपर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।

अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको सो अध्ययनले कोरोनाभाइरस संक्रमणको खतरा कम्तिमा पनि सन् २०२२ सम्म रहिरहने देखाएको हो । सो विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोनाभाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाइएको छ ।

विश्वभरका सबैजसो देशमा पुगिसकेको कोरोनाभाइरसलाई विश्वभरिबाटै निर्मूल पार्नु ठूलो र चुनौतीपूर्ण कार्य भएको तथा अहिलेको चरणमा नियन्त्रण जस्तो देखिए पनि अर्को चरणमा पुनः फैलन सक्ने अनुमान पनि उनीहरुले गरेका छन् । कोरोनाभाइरस विरुद्धको खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सिर्जना नभएसम्म सामाजिक दुरी कायम गर्नैपर्नेमा अनुसन्धाताहरुले जोड दिएका छन् ।

‘सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो’– अध्ययन प्रतिवेदनमा अनुसन्धाताहरुले लेखेका छन् । उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नुपर्नेमा पनि उनीहरुले जोड दिएका छन् । सन् २०२४ सम्ममा मात्र कोरोनाभाइरसविरुद्ध सजिलै लड्न सक्ने गरी व्यवस्थापन हुने अनुमान पनि अध्येताहरुले गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि औषधि वा खोप तयार नहुँदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । विश्वभरि दर्जनौं वैज्ञानिकहरुले खोप तयार पार्न परीक्षण र प्रयासहरु जारी राखेको पनि डब्ल्युएचओले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर