newskoseli.Com

वामदेवले फेरि दिए द्विअर्थी अभिव्यक्ति : ‘म कुनै गुटमा छैन, एकताकै प्रयासमा छु’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक झगडामा ‘निर्णायक पोजिसन’ मा रहेका उपाध्यक्ष वामदेव गौतमले फेरि द्विअर्थी अभिव्यक्ति दिएका छन् । गौतमकै ‘दोहोरो भूमिका’ का कारण यसअघि पटक–पटक ‘फाइट टु फिनिस’ को अवस्थामा पुगे तापनि नेकपाको आन्तरिक किचलो अन्ततः सहमतिमा पुग्ने र केही समयपछि फेरि बल्झने गर्दै आएको छ ।

९ सदस्यीय केन्द्रीय सचिवालयमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ एउटा कित्तामा उभिएका छन् । त्यसैगरी अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली, महासचिव विष्णुप्रसाद पौडेल र सदस्य ईश्वर पोखरेल अर्को कित्तामा उभिँदै आएका छन् । उपाध्यक्ष गौतमले भने कहिले प्रचण्ड र कहिले ओलीको कित्तामा उभिएर आन्तरिक समीकरणलाई प्रभावित पार्दै आएका छन् भने अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कुनै पनि कित्तामा नलागी ‘मौन’ रहँदै आएका छन् ।

यसरी बादल ‘नबोल्दा’ गौतम प्रचण्डतिर उभिए ओलीविरुद्ध बहुमत हुने र ओलितिर उभिए दुवै पक्षको बराबरी भएर पार्टीभित्र अस्थायी नै भए पनि ‘सहमति’ कायम हुँदै आउने गरेको छ । ओली सरकारमा गृहमन्त्री रहेका कारण ‘नबोलेका बादल’ लाई ओली पक्षले आफ्नो कित्तामा गन्दै आएको छ ।

यतिबेला फेरि विभाजनको डिलमा पुगेर विगतको भन्दा झनै चर्को किसिमले ‘फाइट टु फिनिस’ को स्थितिबाट नेकपा गुज्रिइरहेका बेला उपाध्यक्ष वामदेव गौतमले शनिबार दाङमा पुगेर द्विअर्थी अभिव्यक्ति दिएका छन् । पछिल्लो शक्तिसंघर्षमा आफू प्रचण्ड–नेपाल पक्षमा खम्बा झैं उभिइरहेको र हालै अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन लेखनमा आफ्नो समेत योगदान रहेको बताउँदै आएका गौतमले तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै भने– ‘म कुनै गुटमा छैन, सधैं गुटको विपक्षमा हुन्छु; मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टीभित्र बल्झिइरहेका केही आन्तरिक समस्या समाधान गर्न आफूहरूले निरन्तर पहल गरिरहेको बताउँदै उनले भने– ‘पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको हो । पार्टीमा अब दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्नुहुन्छ र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्छ ।’

पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने उल्लेख गर्दै मुलुक समृद्धिकाे मार्गमा अघि बढेको दावी गर्दै पार्टीीको घोषणपत्रअनुसार सरकारले काम गर्नुपर्ने गौतमले बताए ।

प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)

यी सामग्री पनि पढ्नुहोस्–
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर