अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दुई बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनले उत्कर्षमा पुर्याएको विवादबीच बुधबार बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवालयको बैठक विनानिष्कर्ष स्थगित भएको छ । बुधबारको बैठकमा अध्यक्ष ओली सहभागी नभएपछि शनिबार (२० गते) फेरि बस्ने गरी सचिवालयको बैठक स्थगित भएको छ ।
यसअघि बिहीबार (१८ गते) बस्नेगरी तय भएको स्थायी कमिटीको बैठक पनि बुधबारको सचिवालय बैठकले तीन दिन पर धकेलेर २१ गतेलाई सारेको छ । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसहितको बहुमत पक्षले बहुमत पक्षका तर्फबाट अध्यक्ष प्रचण्ड र ओली समूहका तर्फबाट अर्का अध्यक्ष ओलीले प्रस्तुत गरेका राजनीतिक प्रस्तावहरुमाथि छलफल गर्ने कार्यसूची रहेको बैठक चरम विवादमा तानिएको हो ।
यी खबर पनि पढ्नुहाेस्–
के हुन्छ अब नेकपामा ? मंगलबारै सन्तुलन गुमाएका ओली बुधबारको बैठकमा नबस्ने !
ओली बसेनन् बैठकमा : सचिवालय फेरि २० गते बस्ने, स्थायी कमिटी सर्यो २१ गते
पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओली समेतको उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका २० गतेको बैठकमा ओलीको अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय बुधबारको बैठकमा भएको श्रेष्ठले जानकारी दिए । १८ गतेका लागि निर्धारित स्थायी कमिटीकाृ बैठक पनि मंसिर २१ मा बस्ने गरी सारिएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
ओलीले भने कात्तिक २८ मा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता हुनुपर्ने जिद्धि गर्दै आएका छन् । प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले चाहिँ दुवै प्रस्तावमाथि छलफल गरी उपयुक्त निकास निकाल्नुपर्नेमा ओली छलफलबाट नै भाग्न खोजिरहेको बताउँदै आएका छन् ।
यी सामग्री पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
अध्यक्ष खड्ग ओलीले सचिवालयमा प्रस्तुत गरेको ‘जवाफी प्रस्ताव’ (पूर्णपाठ)
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
प्रचण्ड–नेपाल पक्षले पार्टीपंक्तिमा बाँडेको दस्तावेज–पुस्तिका (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र