newskoseli.Com

ओलीको पराजय–यात्रा सुरु : दुवै प्रस्ताव स्थायी कमिटीमा लाने सचिवालयकाे निर्णय

सत्ताधारी नेकपाको अध्यक्ष र प्रधानमन्त्री बनेर तीन वर्षसम्म पार्टी र सत्ता दुवैतिर एकलौटी हैकम जमाउँदै आएका खड्गप्रसाद ओलीको पराजय–यात्रा औपचारिकरुपमै अघि बढेको छ । पार्टीमा विचाराधीन दुई बेग्लाबेग्लै प्रस्ताव आइतबार (२१ मंसिर) को स्थायी कमिटीको बैठकमा छलफल गर्ने निर्णय केन्द्रीय सचिवालयको शनिबारको बैठकले गरेको छ । यो निर्णयसँगै नैतिक, व्यावहारिक र राजनीतिक हिसाबले ओली र उनी पक्षधरहरु पराजित भएका छन् ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबार बस्ने स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको जानकारी शनिबारको सचिवालय बैठकपछि उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् । ‘पूर्वनिर्धारित स्थायी कमिटीको बैठक भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ, पार्टीको संकट र निवारणका सन्दर्भमा त्यहीं छलफल गरेर निष्कर्ष निकालिने छ, दुवै प्रस्ताव त्यहीं पेस गरी छलफलमा लगिनेछ’– प्रवक्ता श्रेष्ठले भने ।

सचिवालयका ५ वटा बैठक र विभिन्न तहका नेताहरुले चर्को दौडधुप गर्दै निरन्तर गरिरहेको अनौपचारिक छलफलबाट समेत ओली र प्रचण्ड–माधव नेपाल पक्षधरहरुबीच सहमति जुट्न नसकेपछि पार्टीभित्रका सबै विवाद अब स्थायी कमिटीमा पुगेका छन् । ती विवादको छिनोफोनो गर्ने जिम्मा शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटीलाई दिएको छ ।

२८ कात्तिकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावलाई ‘आरोपपत्र’ र ‘लाञ्छनाहरुको पुलिन्दा’ बताउँदै आएका ओली र उनी पक्षधरहरुले त्यसलाई पार्टीका कुनै पनि कमिटीमा छलफल गराउनु हुँदैन, ‘पहिलो नजरमै खारेजयोग्य’ भएकाले खारेज गर्नुपर्छ भन्दै आएका थिएत । तर, ओली र उनी पक्षधरहरु स्वयं सहभागी भएर त्यो प्रस्तावमाथि ३ मंसिर, १३ मंसिर, १६ मंसिर, १७ मंसिर र २० मंसिरको गरी सचिवालयको चारवटा बैठकमा औपचारिकरूपबाटै गरमागरम छलफल भैसकेको छ । अझ ओली स्वयंले नै उनको सिंगै टिम भिडेर १३ मंसिरको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि ‘जवाफ’ दिँदै बेग्लै राजनीतिक प्रस्ताव समेत प्रस्तुत गरिसकेका छन् ।

ओली पक्षले सचिवालयमै ‘तुहाउन’ खोजेको प्रचण्डको सो प्रस्तावमाथि सचिवालयमा विभिन्न कोणबाट छलफल भैसकेपछि अब उक्त प्रस्ताव आइतबार (२१ मंसिरमा) बस्ने स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्ने निर्णय रधानमन्त्री निवास बालुवाटारमा शनिबार प्बसेको नेकपाको सचिवालय बैठकले गरेको छ । सचिवायल, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा अल्पमतमा रहेका ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा गरेका दर्जनौं ‘बदमासी’ हरूको संस्शेलषणसहित स्थायी कमिटीमा पुगेको प्रचण्डको प्रस्ताव पार्टीबाट सजिलै स्वीकृत हुने निश्चित छ । प्रचण्डको प्रस्ताव पास भई ओलीको ‘जवाफी’ प्रस्ताव अस्वीकृत हुँदा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हात धुन विवश हुने निश्चित छ ।

प्रचण्ड भन्छन् : ‘बरू मर्छु, पुँजीवादसामु घुँडा टेक्दिनँ’ (भिडियो)

यी सामग्री पनि पढ्नुहोस्–
बहुचर्चित सचिवालयको बैठकमा ओलीलाई प्रचण्डको जवाफ (पूर्णपाठ)
अध्यक्ष ओलीले के–के भने नेकपा सचिवालयको बहुचर्चित बैठकमा ? (पूर्णपाठ)
‘हम्मर हानिरहे ओलीले, घनले नै बजाइदिए प्रचण्डले !’
सचिवालयमा प्रस्तुत प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
ओलीविरूद्ध प्रचण्डको ‘लेटर बम’ (पत्रको पूर्णपाठ)
यस्तो छ ओलीले प्रचण्डलाई लेखेको दसपाने चिठी (पूर्णपाठ)
यस्ता रहेछन् प्रचण्डका ‘भित्री कुरा’ : नेकपाको अन्तर्कलह
‘ओली प्रवृत्ति’ बारे प्रचण्डको प्रस्ताव : बचाउ गर्दै बाेले वामदेव, शंकर भन्छन् फिर्ता लिइयोस्
बैठकमा बस्न आग्रह गर्दै ५ नेताले अध्यक्ष ओलीलाई बुझाएको पत्र

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर