newskoseli.Com

सोनाक्षीका मन्त्रहरू

सोनाक्षी सिन्हालाई बलिउड फिल्म ‘दबंग’ मा जुन फिगरमा देखियो, त्यसअघि उनको लुक्स कस्तो थियो ? त्यो लुक्स देख्नेको मनमा प्रश्न उठ्न सक्छ, ती यी युवती सोनाक्षी नै हुन् ? बिल्कुलै हो । दबंगमा अभिनय गर्नका लागि उनले आफ्नो वजन तीस किलो घटाएकी थिइन् । त्यसपछि मात्र उनी स्लिम देखिइन् । सोही वर्ष उनलाई एक म्यागेजिनले ‘कभर गर्ल’समेत बनाएको थियो ।

हालै २८ वर्ष पुरा गरेकी यी सुन्दरीसँग केही ‘बिन्दास मन्त्र’ छन्, जसमा धेरै ‘मन्त्र’ शरीरसँगै जोडिएका छन् । यी मन्त्र अरुका लागि पनि प्रेरणा बन्न सक्छन् ।

–     बलिउडमा म साइज जिरो होइन, हिरो बन्न आएकी हुँ ।

–     यो पूर्ण भनिने संसारमै थुप्रै कमी छन् त्यसैले मानिसले पूर्ण बन्ने कोसिस नगरेकै राम्रो। आफू सच्चा रहनु। अरु कसैको दबाबमा आफूलाई नबदल्नु । आत्मविश्वास नडगमगाउनु ।

–     जब म यो क्षेत्रमा आएँ, मैले पहिल्यै भनिसकेको छु कि छोटा कपडा, किस सिन र बिकिनी दृश्यका लागि म तयार छैन । कोही मसँग काम चाहन्छ भने मेरा यी तीन प्रतिबद्धता बुझेर मात्र आओस् । मसँग कामको खडेरी छैन ।

–     मलाई लाग्छ कि मैले यो अवधारणा तोडेँ, नायिका भनेको साह्रै स्लिम हुनुपर्छ । यदि कोही मेरो तौलमाथि प्रतिक्रिया जनाउँछ भने कि ऊ मसँग जलिरहेको छ कि भने उसको कामै स्क्रिनअघि बसेर गनगन गरिरहने हो ।

–     मलाई यो लाग्दैन कि ‘सेक्सी’ देखिन कपडा नै उतार्नुपरोस् ।

–     तर कोही युवतीको शरीर शिरदेखि पाउसम्म ढाकिएको छैन भने यसको मतलब यो होइन, ऊ कसैलाई आफूतिर बोलाइरहेकी छे । यदि कोहीको सोच यस्तो छ भने कमजोरी केटीमा होइन, सोच्नेमा हुन्छ ।

–     जस्तो अवस्थामा हुनुहुन्छ उस्तै रहनुस् तर सहज रहनुस् । यो कुरा ख्याल राख्नुस्, तपाईंको शरीर र व्यक्तित्वलाई के सुहाउँछ ?

–     म सामाजिक सञ्जालमा खुबै सक्रिय रहन्छु । म सधैं थुप्रै युवतीबाट यो कुरा सुनिरहेको हुन्छु, उनीहरू यसकारण खुशी छन् कि बलिउडमा मेरोजस्तो फिगर भएका अभिनेत्रीहरू छन् ।

–     कोही गलत अभिप्रायले तौल घटाइ राख्दैन । म आफैँलाई भोको राख्न सक्दिन । म बिल्कुलै स्लिम पनि हुन सक्दिन । म जस्तो छु, त्यस्तैमा खुशी छु ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर