newskoseli.Com

विश्वप्रसिद्ध मःमः को काठमाडौंमा चकचकी !

बफ मःमः का लागि विश्वप्रसिद्घ छ काठामाडौं । यहाँका हरेक चोक तथा गल्लीदेखि होटलहरूमा पनि बफ मःमः पाइन्छ । बफ मःमः खानका लागि हरेक पसलहरूमा ग्राहकको भीड लाग्ने गर्छ ।

अझ विदेशीहरू त काठमाडौंको बफ मःमः भनेपछि भुतुक्कै हुन्छन् । तर, काठमाडौंमा बफ मःमः कत्तिको खान योग्य छ त रु यसबारे भने पारखीहरूले खासै ध्यान दिएको देखिँदैन ।

विष्णुमती तथा रूद्रमती (धोबीखोला) का किनारहरूमा अवैध रूपमा भैंसी र राँगाहरूको बध गरिन्छ । अव्यवस्थित र फोहोर ठाँउमा हुने यस्ता बधशालाहरूबाट वितरण हुने मासुकै भरमा उपत्यकाका अधिकांश मासु पसल र मःमः पसलहरू चलिरहेका छन् ।

momo2त्यस्ता फोहोर ठाँउमा उत्पादन भइरहेका मासुलार्इ ‘किमा’ बनाएर विश्वप्रसिद्ध मःमः बनाइन्छन् । यस्ता फोहोरी ठाँउबाट उत्पादन भएका मासुबाट निर्मित मःमः ले मानवशरीरमा विभिन्न रोगहरू निम्त्याइरहेको चिकित्सकहरू बताउँछन् ।

फोहोर मासुबाट बनाइने मःमःकै कारण आजभोलि कब्जियत, पायल्स तथा झाडापखालाजस्ता रोगको प्रकोप बढिरहेको चिकित्सकहरूको दावी छ । यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको ध्यान किन गइरहेको छैन ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर