
पाँच बर्ष मुनिका बालबालिका तथा सुत्केरी महिलाहरुमा कुपोषणको अबस्था बुझ्न स्वास्थ्यकर्मीहरु मन्थलीको सुनारपानी तथा सालुका घर घरमा पुगेका छन् ।
बालबालिका तथा सुत्केरी महिलाहरुको पाखुराको नाप र उचाई पत्ता लगाउन स्वास्थ्यकर्मीहरु मन्थली नगरपालिकाका विभिन्न वार्डहरुमा घरदैली गरिरहेका छन् ।
उनीहरुले हाल सम्म १५० जना बालबालिकाहरुको नाप लिइएकोमा १२ जनालाई मध्यम खालको कुपोषण रहेको पत्ता लागेको छ ।
युनिसेफको सहयोगमा जिल्लाका सबै गाबिसहरुमा पोषण सम्बन्धी काम गर्दै आएको तामाकोशी सेवा समितिले रामेछापका सबै गाविस र नगरपालिकाहरुमा पाखुराको नाप लिने कार्यक्रम अघि सारेको थियो ।
हाल सम्म रामेछापमा १ सय ७८ जना बालबालिका कुपोषित फेला परेका छन् । युनिसेफले सुत्केरी र गर्भवती आमाहरुका लागी समेत जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।