newskoseli.Com

धेरै यौन सपर्क गर्ने मान्छे सुन्दर हुन्छन्

झट्ट सुन्दा विश्वास लाग्दैन होला तर यौन सम्पर्कले मान्छेलाई सुन्दर बनाउने अनुसन्धानले देखाएको छ । स्वास्थ्य ढंगले गर्ने यौन सम्पर्कले  मानिसलाई सुन्दर बनाउने कुरा अनुसन्धानमा उल्लेख छ ।

मानिस सुन्दरताका लागि व्यूटी पार्लर धाउने सँगै महँगा सामाग्री उपयोग गर्न चाहन्छन् । तर खानपानमा ध्ययन दिएर गर्ने यौन सम्पर्कले सुन्दरता आफैँ ल्याउने गर्दछ । सुन्दरका लागि कम खाने र दैनिक व्ययाय गर्ने आवश्यकता समेत नपर्ने सुन्दरताको सही सुत्र नै यौन सम्पर्क हो ।

हाम्रो समाजमा यौन सम्पर्कका विषयमा खुला छलफल र बहस हुँदैन यद्यपी यौन सम्पर्कले मानिसलाई स्फूती दिनुका साथै स्वास्थ्य र सुन्दर बनाउने कुराको खुला रुपमा पश्चिमा मुलुकले बहस र अनुसन्धान गर्दै आएका छन् ।

यौन सम्पर्कले मोटोपन घटाउन र मुटुलाई स्वास्थ्य राख्न समेत विषेश काम गर्ने गर्दछ ।  अनुसन्धानमा यौन सम्पर्कको लत भने खराब हुने उल्लेख गरिएको छ ।

अनुसन्धानले यौन सम्पर्कले कपाल र अनुहारमा चमक आउने देखाएको छ । यौन सम्पर्कको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन गर्ने समेत उल्लेख गरिएको छ ।

यौन सम्पर्कले जवान बनाउन पनि मद्धत गर्छ । हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । यौन सम्पर्क चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ ।

यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने अनुसन्धान रिपोर्टमा उल्लेख गरिएको छ । एक अध्ययनले यौन सम्पर्कले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ ।

स्वस्थ यौन सम्पर्कले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहिर  फाल्न पनि मद्धत गर्छ । नियमित यौन सम्पर्कले आत्मविश्वास बढाउन समेत मदत गर्ने गर्दछ ।

यौन सम्पर्कलाई सही रुपमा उपयोग गर्न सके सेक्सले मानिसलाई सुन्दर बनाउने कुरा एक अनुसन्धानले देखाएको हो । यद्यपी अनावश्यक सेक्स गर्ने, यौन सम्पर्कका लागि आवश्यक सुरक्षा नअपनाउने र यौन सम्पर्क साथी धेरै बनाउने, यौन रोगबारे जानकारी नलिइकने गरिने यौन सम्पर्कले भने कुरुप बनाउने कुरा समेत अनुसन्धानमा उल्लेख गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर