newskoseli.Com

उचित मूल्य नपाएपछि सुन्तला बोटमा नै बस्यो

सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो  १० रूपैयाँ र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो  ३५ रूपैयाँ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तल...बाँकी

अष्ट्रेलियाबाट ल्याइएका बाख्राबाट जन्मिने पाठापाठी मर्ने समस्या

प्रविधि प्रसारका लागि अष्ट्रेलियाबाट ल्याइएका उन्नत जातका बाख्राका पाठापाठीमा रोग लागेर मर्ने समस्या देखिएको छ । कैलालीको बुढेतोलास्थित बाख्रा विकास फर्ममा अष्ट्रेलियाबाट ल्याएर पालिएका‘अफ्रिकन ब्वायर‘ जातका यी बाख्रा ब्याउँदा २ देखि ३ वटासम्म पाठापाठी जन्मेपनि कतिपय पाठापाठी मर्ने समस्या देखिएको ...बाँकी

करोडौंको बेमौसमी आलु उत्पादन

कोदो रोप्ने बारीमा बेमौसमी आलु फलाउँदै आएका भक्तपुरका नगरकोट नगरपालिका सुडालका किसानले आलुको उचित मूल्य नपाएपछि मर्कामा परेका छन् । मकै र कोदो फल्ने बारीमा करोडाैंको आलु फलाए पनि उचित मूल्य नपाएपछि यस वर्ष सोचेजस्तो आम्दानी नभएको किसानको गुनासो छ । जिल्ला विकास समिति स्थानीय विकास कोषको सहयोगमा...बाँकी

घट्यो अदुवाखेतीमा किसानको आकर्षण

अदुवाको मूल्य बर्सेनि ओरालो लाग्न थालेपछि यहाँका किसानको अदुवा खेतीप्रति आकर्षण घट्न थालेको छ । उचित मूल्य नपाउनु र अदुवा कुहिनुका साथै स्थानीय बजारमा खपत हुन नसकेका कारण पनि उनीहरुले अदुवाखेती गर्न छाडेका हुन् । विगत ३ वषदेखि अदुवाको मूल्यमा ओरालो लाग्न थालेसँगै यहाँका किसानमा अदुवाखेती गर्ने रु...बाँकी

भयो कुलोको शिलान्यास

सिँचाइमन्त्री दीपक गिरीले दाङको बाघमारे गाविसस्थित बोगटी कुलोको बिहीबार एक समारोहबीच शिलान्यास गरे । बाघमारे गाविसका २ वटा गाउँलाई सिँचाइ सुविधा पुग्ने गरी निर्माण गर्न लागिएको उक्त कुलोबाट १ सय ३ हेक्टर जमिनमा सिँचाइ पुग्ने अनुमान गरिएको छ ।  ८५ लाख रूपैयाँको लागतमा उक्त कुलोको निर्माण हुन लाग...बाँकी

अनुदानमा च्याउको बीउ वितरण

जिल्ला कृषि विकास कार्यालयले आव २०७३/७४ को प्रथम चौमासिकमा ५० प्रतिशत अनुदानमा कृषकलाई ७ सय बोत्तल च्याउको बीउ वितरण गरेकोे छ । कृषि सेवा केन्द्र घोडागाउँले ५० बोत्तल, सुलिचौरले १ सय २०, होलेरीले १ सय, इरिबाङले १ सय, जङ्कोटले ६०, जिनाबाङले ५० र जिल्ला कृषि विकास कार्यालयले विभिन्न गाविसमा २२० ब...बाँकी

स्कुसबाट २० लाख आम्दानी

एउटै याममा स्कुस बेचेर सूर्योदय नगरपालिका– ९ गैरीगाउँका ४१ वर्षीय ताराकुमार तामाङले आम्दानी गरेका छन् । यस वर्ष उनले १ हजार ४ सय क्विन्टल स्कुस बिक्री गरेका छन् । झापाको चारआली तथा भारतको सिलगुडी बजार लगेर उनले स्कुस बिक्री गरेका हुन् । सुरुवातमा तामाङले प्रतिमन १ हजार २ सय रूपैयाँमा बिक्री गरेका...बाँकी

कृषकहरू आलुको बीउ खरिद गर्न पनी भारत जान बाध्य भए

सरकारले बीउ उत्पादन राष्ट्रिय अभियान सञ्चालन गरेर बीउ उत्पादनमा आत्मनिर्भर बनाउन खोजे पनि जिल्लाका कृषक आलुको बीउ खरिद गर्न भारत जान बाध्य छन् । अहिले झापासहित तराईका जिल्लामा कृषकले आलु रोप्ने तयारी गर्दैछन् । जिल्ला कृषि विकास कार्यालयले स्रोत केन्द्रमार्फत कृषकलाई आलुको बीउ उत्पादन गर्न अनुद...बाँकी

सुरू भयो माटो परीक्षण शिविर

कञ्चनपुर झलारी पिपलाडी नगरपालिकामा जैविक प्रविधियुक्त दिगो प्राङ्गारिक कृषि प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले बुधबारदेखि माटो परीक्षण शिविर सुरु भएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिकीकरण एवम् व्यवसायिकीकरण गर्ने लक्ष्यका साथ सुरु गरिएको सो शिविरमा माटो परीक्षणसंगै व्यावसायिक कृषि तथा पशु...बाँकी

९ सय क्विन्टल जडीबुटी निकासी

जिल्लाबाट आव २०७२/७३ मा ९ सय ७९ क्विन्टल जडीबुटी निकासी भएको छ । जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै १ लाख ३४ हजार ५ सय किलो निकासी भएको छ । यस्तै चुत्रो ६ हजार ३ ३ किलो, तेजपात ३४ हजार ४ सय  किलो, काउलो १९ हजार ७ सय किलो, अमला ...बाँकी