newskoseli.Com

अनुदानमा मकैको बीउ वितरण

जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई  उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिए । अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्ला...बाँकी

१ अर्बको आलु उत्पादन

नुवाकोटमा यस वर्ष १ अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७सय मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। उनका अनुसार गत वर्ष  ८७ करोड बराबरको तथा अघिल्लो वर्ष  ८५ करोड बराबरको आलु उत्पादन भएको थियो । “अघिल...बाँकी

पशुपालन गर्न एकै जिल्लामा ४ अर्ब रूपैयाँ लगानी !

म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८...बाँकी

क्यान्डीबाट महिला आत्मनिर्भर बन्दै

उग्रचण्डी नाला – ५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् । सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समय अघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसके...बाँकी

घुम्ती गोठबाट करोडौँ आम्दानी

भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २ सय मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु ...बाँकी

धान र गहुँ काट्ने उपकरण भित्रियो

काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँकाटने उपकरण भित्रिएको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिएका छन । स...बाँकी

५० लाखको सिमी निकासी

म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट  ५० लाख बराबरको सिमी निकासी भएको छ । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताए । सिमीबाट दाल र ...बाँकी

३० करोडको सुन्तला निर्यात १० प्रतिशतले उत्पादनमा वृद्धि

सल्यानमा चालु आर्थिक वर्ष २०७३_७४ मा झन्डै  ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हज...बाँकी

आठौं हेम्जा आलु महोत्सव सुरु

साेमबार देखि आठौँं हेम्जा आलु महोत्सव सुरु भएको छ । “सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ ,आलु एक परिकार अनेक”भन्ने मूलनाराका साथ विष्णुपादुका क्लबको आयोजनामा हेम्जाको विष्णु पादुका खेल मैदानमा हुने सो महोत्सव चैत १ सम्म चल्ने छ । महोत्सवस्थलमा २१ कृषकबाट उत्पादित ३० टनक...बाँकी

कृषि क्षेत्र बनाउन १हजार ६सय किसान इच्छुक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चितवनमा कृषि पकेट क्षेत्र निर्माणका लागि एक हजार ६०० किसानले आवेदन दिएका छन् । जिल्ला कृषि विकास कार्यालय चितवनका अनुसार उक्त कार्यक्रमका लागि एक हजार ६०० र कृषि ब्लकका लागि ५०० भन्दा बढी किसानको आवेदन परेको छ । जिल्ला कृषि कार्यालयका प्रमुख सुधीर श्...बाँकी