प्रधानमन्त्री खड्ग ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन् । सर्वोच्च अदालतमा चलिरहेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको बहसमा बिहीबार कानुन व्यवसायीले यस्तो जिकिर गरेका हुन् ।
बहसका क्रमम...बाँकी
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीको दौडधुप पछिल्लो समय बाक्लिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले माघ ७ मा शपथ लिएसँगै अमेरिकाको भित्री र बाहिरी नीति चलायमान देखिन थालेको हो ।
चीनको उदय र पछिल्लो समय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा फेरबदल आउन खोजिरहेको अवस्थालाई बाइडेन प्रशासनले प्...बाँकी
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पुस १५ मा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा जनमुक्ति सेनाका पूर्वकमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक–पटक संवाद भइसकेको छ ।
खाम माओवादीका पू...बाँकी
‘छतबाट भुइँमा अन्डा खस्यो तर फुटेन– के भयो ?’ यो प्रश्न निकै चल्छ । उत्तर अधिकांशको मुखैमा हुन्छ– ‘अचम्म भयो ।’ यतिबेला यो प्रश्नलाई राजनीतिमा ‘रिमिक्स’ गर्न थालिएको छ– ‘नेकपा दुई फ्याक भयो तर फुटेन, के भयो ?’ यसको उत्तर भने अलि फरक छ– ‘अप्ठ्यारो भयो ।’
खण्डित दललाई जब निर्वाचन आयोगले ‘फुटेको भन्...बाँकी
चार पूर्वप्रधान न्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो ।
प्रारम्भिक दृष्टिमा अवहेलना स्थापित नहुने निवेदनलाई अस्वीकार गर्ने ...बाँकी
निर्वाचन अवधिमा पनि राजनीतिक दलसम्बन्धी विवाद निरुपण गर्न सकिने गरी निर्वाचन आयोगले गरेको नियमावली संशोधनको वैधता कायम गर्न र त्यसअनुसार कार्यान्वयमा जान सरकारले अवरोध सिर्जना गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा आयोगले गरेको संशोधनलाई तीन साता बितिसक्दा पनि सरकारले राजपत्रमा प्रकाशन गरिदिएको छै...बाँकी
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री खड्ग ओलीबाट गरिएको प्रतिनिधिसभा ‘विघटन’ को सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको पूर्वराष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने– ‘प्रधानमन्त्री ओलीले गर्नु नहुने काम गरेपछि त्...बाँकी
दोस्रो पटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ मा राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको सपथमा खड्ग ओलीले भने– ‘म देश र जनताका नाममा सपथ लिन्छु ।’ अर्थात्, उनले ‘ईश्वर’ शब्द हटाएर सपथ लिए ।
‘भगवान्’ को साटो ‘देश र जनता’ का नाममा सपथ खाएका उनै कामचलाउ प्रधानमन्त्री ओली सोमबार सबेरै पत्नी राधिक...बाँकी
प्रतिनिधिसभा ‘विघटन’ गरेका प्रधानमन्त्री खड्ग ओलीले प्रदेशसभाहरु समेत ‘विघटन’ गरिदिन सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ । प्रतिनिधिसभा ‘विघटन’ गरेपछि सडकमा उत्रिएका दल र नागरिक समाजलाई चुनौती दिँदै कामचलाउ प्रधानमन्त्री ओलीले एक टेलिभिजन कार्यक्रममा बोल्ने क्रममा प्रदेशसभा पनि ‘विघटन’ हुन सक्ने चे...बाँकी
घरबाट भागेर निस्केका पाटन नगरपालिका– ८, बैतडीका देवर–भाउजूको महेन्द्रनगर, कञ्चनपुरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । घरबाट दुई दिनअघि निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बसपार्कस्थित पोखरा होटल एण्ड लजमा...बाँकी