७ जेष्ठ, २०७३ |
समुदायले आँट्यो भने गाउँको विकासका लागि सरकारको मात्र मुख ताकेर बस्नुपर्दो रहेनछ भन्ने उदाहरण म्याग्दीको शिख गाविसमा पर्ने पाउद्वार गाउँका बासिन्दा बनेका छन् ।
यहाँका बासिन्दाले स्थानीयस्तरबाट नै ३० लाख रुपैयाँ लगानी गरेर पदमार्ग निर्माण गरी उदाहरणीय बनेका हुन् । गाउँदेखि पर्यटकीय तथा ...बाँकी
१ जेष्ठ, २०७३ |
रमेश लम्साल
सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डोर्याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको अवस्थालाई अन्त्य गर्दै पछिल्लो पटक एकै ठाउँमा उभिन लागेका हुन् ।
म...बाँकी
२८ बैशाख, २०७३ |
न्यूजकोसेली संवाददाता
प्रतिबन्धित छ यी ८ ठाउँ। त्यहाँबाट खबरसम्म बाहिर आउने गर्दैन। भलै पृथ्वीमा धेरै ठाउँ यस्ता होलान, तर विशेष अनुमति पाएर पनि यी ८ ठाउँमा भने बाहिरबाट अन्य नागरिक छिर्न सम्म पाउँदैनन। कतिपय ठाउँबाट त गए पश्चात फिर्ता समेत आइदैन। यी ठाउँमा छिर्नको लागि कि त हिम्मत गरि लुसुक्क जानुपर्छ वा कि भने कुनै राज...बाँकी
२६ बैशाख, २०७३ |
प्रेम सुनार
आमाको मृत्यु लगत्तै वावु अचेत भए । दाजु भाईहरु आमाको काज–किरियामा बसे । गुल्मी, बडागाउँ– ७ चौरका खुमबहादुर थापा अचेत वावुलाई लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा लिएर गए । उपचार पछि फर्केर घर आएको केहि दिन मै वावुको पनि मृत्यु भयो ।
बैशाख १८ गतेकै दिन उनका बावु शिवबहादुर थापाको मृत्यु र उनको गाव...बाँकी
२१ बैशाख, २०७३ |
कृष्ण अधिकारी
गर्मी र लामो खडेरीका कारण मुलुकका अधिकांश जनताले पानीको अभाव झेलिरहेका बेला चितवनको कर्णाली भनिने माडी नगरपालिका–११ की सरिता रेग्मीलाई त्यसको कुनै चिन्ता छैन । पानीको छेलोखेलो उपयोग गर्न पाउँदा उनी दङ्ग छिन् ।
घरभन्दा टाढाबाट पिउन दिनहुँ एक–दुई गाग्री पानी ल्याए पनि गाईवस्तुलाई दिन, नुहाइधुवाइ ...बाँकी
२० बैशाख, २०७३ |
रमेश लम्साल
सरकारले व्यवस्थापिका–संसद्को मङ्गलबार सुरु हुने बैठकमा ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजनालाई अगाडि बढाउने विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।
बदलिँदो परिवेशअनुसार मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नयाँ ऐनको व्यवस्था गर्नु आवश्यक रहेको भन्दै उक्त विधेयकको आवश्यक तयारी गरेको हो । सर...बाँकी
२० बैशाख, २०७३ |
कालिका खड्का
च्यापिएर, ठेलमठेल गरेर भगवान् हलेसी महादेवको दर्शन गर्ने घुइँचो देखिन्छ अहिले । श्वास फेर्न पनि गाह्रो होलाजस्तो तर सबैले एकै स्वरमा भनिरहेका छन् ‘जय शम्भु’ ‘जय शम्भु’ । मन्दिर पूरै यस्तै आवाजले गुञ्जयमान छ ।
हलेसी महादेवको दर्शन गरेपछि सबैले आ–आफ्नै भावना व्यक्त गर्न उत्सुक हुन्छन्...बाँकी
१९ बैशाख, २०७३ |
भरत केसी
अत्यधिक गर्मीसँगै परेको खडेरीका कारण वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रमा धनजनको ठूलो क्षति भएको छ । लुम्बिनी अञ्चलका विभिन्न जिल्लाका वनजङ्गलमा लागेको डढेलोबाट अहिलेसम्म छजना मानिसको मृत्यु भइसकेको छ भने सयौँं घर जलेर सखाप भएका छन् ।
वनजङ्गलमा लागेको डढेलोबाट यस क्षेत्रका पहाडी जिल्लामा बढी क्...बाँकी
१८ बैशाख, २०७३ |
रमेश लम्साल
विद्युतको माग दैनिक बढिरहेका बेला चुहावटबाट मात्रै १ सय ८० मेगावाट खेर गइरहेको जनाई नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।
वैशाख महिनाभरि सञ्चालन हुने अभियानका आधारमा थप रणनीति तय गरिने र र चुहावट तथा चोरीलाई कुनै न कुनै रुपमा कमी ल्याइने प्राधिकरणको योजना छ । हाल...बाँकी
१६ बैशाख, २०७३ |
खेम बम
जिल्ला अस्पताल डोटीको हालत दिनप्रतिदिन खस्किँदै गएको छ । डोटीका ५० गाविसका जनताले उपचार सेवा लिने अस्पतालको स्थिति दयनीय बन्दा बिरामी मर्कामा परेका छन् ।
तीन जनाको दरबन्दी रहेको अस्पतालमा हाल एकजना डाक्टरबाट मात्रै सेवा उपलब्ध भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अमित झाले बताए । झाले दैनिकजसो ४० ...बाँकी