newskoseli.Com

विद्या–ओलीको ‘असंवैधानिक’ कदमविरुद्ध सर्वोच्चमा रिट

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार ‘नयाँ सरकार’ गठनको प्रक्रिया सुरु गर्न भन्दै गरेको आह्वान संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर अधिवक्ता सन्तोष भण्ड...बाँकी

विद्या–ओलीको अर्को ‘मिलेमतो’ : शुक्रबार साँझसम्म अर्काे सरकार गठनको दावी गर्न राष्ट्रपतिको आह्वान (विज्ञप्तिसहित)

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्ग ओलीबीच अस्वाभाविक र लज्जास्पद मिलेमतोको अर्को घटना घटेको छ । यी दुवैको आश्चर्यजनक मिलेमतोमा बिहीबार साँझ अकस्मात ‘शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनको दावी प्रस्तुत गर्न’ राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् । ३१ वैशाखमा संविधानको धारा ७६ को...बाँकी

बादलको लज्जास्पद हार, डा. खिमलालको शानदार जित !

दसौं हजार सहिदहरूको रगत बगाउने काममा अगुवाई गरेर त्यो महाअभियानप्रति बीचैमा पिठ्युँ फर्काउँदै अन्ततः मुलुककै सर्वाधिक प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी डफ्फाका रूपमा बदनाम खड्ग ओली समूहमा पलायन भएका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ को राजनीतिक जीवन समाप्त हुन पुगेको छ । बिहीबार सर्वोच्च ...बाँकी

ओलीद्वारा आचारसंहिता उल्लंघन : कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

प्रधानमन्त्री खड्ग ओलीले राष्ट्रियसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा जारी मौन अवधिबीच पार्टीको चुनावी प्रचारप्रसार गर्दै वक्तव्यबाजी गरेर निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि आचारसंहि...बाँकी

‘बादललाई मत नदिनेलाई क्षमा गर्न सकिँदैन’ : ओलीको ‘चेतावनीयुक्त अपिल’ (पूर्णपाठसहित)

आसन्न राष्ट्रियसभाको उपनिर्वाचनमा आफूले अघि सारेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई मतदान गर्न उपनिर्वाचनका मतदाता सो पार्टीका सबैमा सत्ताधारी एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले ‘अपिल’ गरेका छन् । अध्यक्ष ओलीको चेतावनीयुक्त अपिलमा एमाले मतदाताले अरु उम्मेदवारलाई मतदान गरेमा उक्त कार्य ‘...बाँकी

एमाले ‘एकता कार्यदल’ ले लियो यस्ता निर्णय (प्रेसनाेटसहित)

विभाजनको डिलमा पुगिसकेर पनि फेरि एकताको बाटोतर्फ लम्किएको सत्ताधारी एमालेको एकतालाई मूर्तरूप लिन गठन गरिएको १० सदस्यीय कार्यदलको पहिलो बैठकले तीनबुँदे निर्णय लिएको छ । अध्यक्ष खड्ग ओली पक्षबाट सुवासचन्द्र नेम्बाङको नेतृत्वमा विष्णु पौडेल, प्रदिप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा वरिष्ठ नेता...बाँकी

‘आशै नगर्नोस्, तपाईंलाई सघाउन सकिँदैन’ : बादललाई माधव नेपालको जवाफ

वरिष्ठ एमाले नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा नै आफ्नो उम्मेदवार रहेको प्रष्ट्याएका छन् । उपनिर्वाचनमा आफूलाई सहयोग गर्न अनुरोध गर्दै मंगलबार कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आफूले सहयोग गर्न नसक्ने जवाफ वरिष्ठ नेता नेपालले दि...बाँकी

ओली–विद्याको ‘त्यो पर्दैन’ र ‘हिहिहि’ विरुद्ध सर्वोच्चमा रिट : फेरि सपथ नलिएसम्म कामकाज रोक्न माग

एमाले अध्यक्ष एवं संसदीय दलका नेता खड्ग ओलीले ‘प्रतिनिधिसभाको ठूलो दल’ को हैसियतमा वैशाख ३१ मा तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका शब्दोच्चारण गर्न अस्वीकार गर्दै ुत्यो पर्दैनु भन्दै संविधानको उल्लंघन र राष्ट्र प्रमुखको गरिमाको धज्जी उडाउने कार्य गरेको...बाँकी

३ दिनभित्र बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले गरिन् आह्वान

प्रधानमन्त्री खड्ग ओली पदमुक्त भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । प्रधानमन्त्री ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि सोमबार अपराह्न पदमुक्त भएका हुन् । ओलीले विश्वासको मत लिन नसकेको कुरा संसद् सचिवालयले जानकारी गराएलगत्तै राष्ट्रपति भण्डारीले सं...बाँकी

पदमुक्त भए प्रधानमन्त्री ओली : विपक्षमा १२४, पक्षमा ९३, तटस्थ १५, सांसद संख्या २७१

एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । सोमबार अपराह्न संसद् भवन नयाँ बानेश्वरमा भएको मतविभाजनका क्रममा उपस्थित २३२ सांसदमध्ये १२४ जनाले ओलीको विपक्षमा मतदान गरेका छन् भने १५ जनाले पक्ष–विपक्षमा मत नदिई तटस्थ बसेका छन् । ओलीले भने ९३ मत मात्रै प्राप्त गरे, जबकि उनकै दल एमाले...बाँकी