newskoseli.Com

नेकपाका अध्यक्षद्वयको आत्मालोचना : पार्टी संस्थागत नभएको स्वीकार (राजनीतिक प्रस्तावकाे सारांशसहित)

पार्टीको बैठक नियमित बस्न नसकेकामा नेकपाका अध्यक्षद्वयले लिखितरूपमै आत्मालोचना गरेका छन् । तीन–तीन महिनामा बस्नुपर्ने स्थायी समितिको बैठक एक वर्षपछि आइतबार सुरु भएको छ । विधानको व्यवस्थाअनुसार बैठक बस्न नसकेकामा आत्मालोचना गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनमहिने कार्ययोजनासहितको राजनीतिक ...बाँकी

कालिञ्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटना : १५ को निधन, १६ घाइते (नामावलीसहित)

दोलखाको कालिञ्चोकमा तीर्थयात्रा गएर फर्केको बस लामोसाँघु–जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको सो बस तीर्थयात्रा गएर फर्कने क्रममा सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भए...बाँकी

धनुषामा बम विष्फोट, प्रहरी इन्स्पेक्टरसहित ३ को मृत्यु, ३ घाइते

धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका– ५, महेन्द्रनगर बजार नजिकै शुक्रबार राति बम विष्फोट हुँदा प्रहरी इन्स्पेक्टर र एकै परिवारका दुई जना गरी तीन जनाको मृत्यु भएको छ । विष्फोटमा तीन जना गम्भीर घाइते भएका छन् । महेन्द्रनगर बजारको उत्तरपूर्वतर्फस्थित कुचाइ टोलस्थित राजेश साहको घरछेउको पोलमा राखिएको ...बाँकी

माघ ९ मा राष्ट्रियसभा निर्वाचन : यस्ता छन् मन्त्रिपरिषदका अरु निर्णय

सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ९ गते बिहीबार गर्ने निर्णय गरेको छ । २३ मङ्सिरमा बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि माघ ९ मा निर्वाचन गर्ने र उक्त सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद...बाँकी

अर्थमन्त्रीसहित १९ काे ‘माननीय’ पद सकिँदै : चुनावको तयारीमा निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दलहरुसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक दलहरुहरुसँग पर...बाँकी

प्रचण्डले दोहोर्‍याए : ‘कालापानी विवाद अन्तर्राष्ट्रियकरण नगरौं, झन् जटिल बन्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी विवादलाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्नु नहुने कुरा दोहोर्‍याएका छन् । पहिले राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्न कोशिस गर्नुपर्ने उनले बताएका छन् । प्रेस सङ्गठन नेपालद्व...बाँकी

उपेन्द्र यादवको लाचारी : ‘प्रधानमन्त्रीले झन् बढी माया गर्नुभो, परामर्श गरिराख्नु पर्दैन’

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आफ्नो लाचारी समेत प्रकट गरेका छन् । सत्ता साझेदार दलले प्रतिनिधित्व गरिरहेको मन्त्रालय फेरबदल गर्दा प्रधानमन्त्रीले सम्बन्धित दलसँग परामर्श गरिरहनु नपर्ने भन्दै समाजवादी पार्टीका अध्यक्ष ...बाँकी

लेखनाथ न्यौपानेका ‘कांग्रेसका नाममा ३ र कम्युनिस्टका नाममा २ कुरा (कटाक्षात्मक सुझाव)’

सत्ताधारी नेकपाका चर्चित नेता लेखनाथ न्यौपानेले भारतको सीमा मिचाइ, आसन्न उपचुनावलगायत केही समसामयिक र केही सैद्धान्तिक विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई ३ वटा र सत्ताधारी (समग्रतामा सबै) ‘कम्युनिस्ट’ लाई २ वटा सुझाव दिएका छन् । आइतबार दिउँसो सामाजिक सञ्जाल ‘फेसबुक’ मा लामो ‘स्ट्याटस’ लेख्द...बाँकी

अघिअघि वैद्यको बहिष्कारसभा, पछिपछि प्रचण्डको प्रचारसभा !

उपनिर्वाचनको मिति नजिकिँदै जाँदा प्रचारप्रसारको क्रम उत्कर्षमा पुग्दैछ । यसै मेसोमा उपचुनाव बहिष्कारको घोषणा गरेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपचुनाव हुने क्षेत्र–स्थानहरुमा बहिष्कारसभा पनि तेज पार्दै गैरहेको छ । अझ संयोग त कस्तो देखिएको छ भने कयौं स्थानहरुमा ...बाँकी

राति अबेर मन्त्रिमण्डलको पुनर्गठन, यस्तो छ नयाँ मन्त्रिपरिषदको नामावली

केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषदलाई बुधबार अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्गठन गरेकी छन् । निकै लामो चर्चा–परिचर्चा र कसरतपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठित मन्त्रिपरिषदको नामावली बुधबार साँझ राष्ट्रपति भण्डारीकहाँ पठाएका हुन् । पुनर्गठित मन्त्रीपरिषदमा यसअघि मन्त्री रहेक...बाँकी