२ माघ, २०७४ |
रमेश गिरी
६ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा सूर्यमढीबाट सुरु माघेसंक्रान्तिदेखि भएको छ ।
पहिलो चरणमा माघ १५ सम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा जात्रा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा मात्र २१ ठाउँमा प्रदर्शन गरिने यो जात्रा लगातार दत्तात्रय, क्वाठ...बाँकी
१ माघ, २०७४ |
नुवाकोट, १ माघ ।
माघे संक्रान्ति पर्वका अवसरमा सोमबार तारुका, वेत्रवाती र पञ्चकन्यामा ४० हल (८० वटा) गोरु जुधाइयो ।
किसानले पालेका गोरु प्रतिस्पर्धा अन्तर्गतको हरेक वर्ष आयोजना गरिने ‘गोरु जुधाई प्रतियोगिता’ लाई यस वर्ष पनि निरन्तरता दिइएको हो । हिउँदको फुर्सदिलो समयमा खेतबारीमा गोरु जुधाइने पुरानै रीति भए पन...बाँकी
१ माघ, २०७४ |
काठमाडौं, १ माघ ।
पुनर्स्थापनालगायतका ११ बुँदे माग राखी आन्दोलनरत नर्सहरुले सोमबार तीन घन्टा काम छाडी विरोध जनाए ।
स्वास्थ्य मन्त्रालयको नयाँ संरचनामा छुट्टै नर्सिङ महाशाखा, लामो समय स्वयंसेविकाका रुपमा काम गराएर भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रबाट निष्काशित गरिएका नर्सको पुनर्स्थापनालगायतका माग राखी न...बाँकी
१ माघ, २०७४ |
लहान, १ माघ ।
केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।
चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका– ६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।
यसअघ...बाँकी
१ माघ, २०७४ |
जाजरकोट, १ माघ ।
जाजरकोटका गाउँ–गाउँमा सिस्नो हानाहान गरी माघी पर्व मनाउन सुरु भएको छ ।
नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नो हानाहान गरी माघी पर्व मनाइन्छ । यहाँ मामाकी छोरीलाई फूपूका छोराले सिस्नो हान्ने र साली–भिना तथा सोल्टी–सोल्टिनाबीच सिस्नु हानाहान गरेर माघी मनाउने गरिन्छ ।
सिस्...बाँकी
३० पुष, २०७४ |
काठमाडौं, ३० पुस ।
संखुवासभाको मकालु गाउँपालिका– २, हेदङ्नामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।
सदरमुकाम खाँदबारीबाट भोटखोलाको बरुण मेला भर्न जाने क्रममा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिव ७ सय मिटर तल अरुण नदीको बगरमा खसेको हो ।
केही अघि सम्पन्न स्थानीय तह...बाँकी
३० पुष, २०७४ |
गीता कुँवर
अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुप्रै अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनका कारण कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।
करिव २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण सुरु भएको अछाममा मदि...बाँकी
३० पुष, २०७४ |
खोटाङ, ३० पुस ।
राजधानी काठमाडौंलगायत तराईका जिल्ला जाने प्रमुख मार्ग जयरामघाटमा पक्की पुल बनेपछि धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वात्तै बढेको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा मोटरेवल पक्की पुल बनेपछि आवतजावतमा सहज भएकाले हलेसी आउने आन्तरिक त...बाँकी
२९ पुष, २०७४ |
काठमाडौं, पुस २९ ।
आख्यानकार नयनराज पाण्डेको संस्मरणात्मक निबन्ध ‘यार’ को शनिबार राजधानीमा लोकार्पण गरियो ।
पाण्डेका साहित्यिक मित्रहरु पुरुषोत्तम सुवेदी, श्यामल, जय हमाल, राजव र शार्दूल भट्टराईले कृतिको संयुक्त रुपमा लोकार्पण गरे । जीवनयात्राका क्रममा साथीहरूसँगका रोचक र विशेष अनुभूति समेटिएको यस पुस्तकमा २५ नि...बाँकी
२९ पुष, २०७४ |
इटहरी, २९ पुस ।
इटहरी उपमहानगरपालिका– २०, तरहरा क्षेत्रस्थित काबेली होटलमा शुक्रबार राति जुवा–तास खेलिरहेको अवस्थामा ७६ हजार रूपैयाँ नगद र ४ बुङ ताससहित ६ जना रंगेहात पक्राउ परेका छन् ।
प्रहरी चौकी तरहराकाे प्रहरी टोलीले जुवा–तास खेलिरहेको अवस्थामा इटहरी– ५ का ३५ वर्षीय वीरेन सुब्बा, इटहरी– १ का ४१ वर्षीय घनश्...बाँकी