newskoseli.Com

ललितपुर– ३ को चुनावी जोडघटाउ र खोकनावासीको चासो (स्थलगत)

०७२ वैशाख १२ र २९ को भूकम्पले भत्काएको घरअगाडि खोकनाका ज्ञानदास डंगोल बिहानको घाम ताप्न निस्किएका मात्रै थिए, ठूलठूलो स्वरमा नारा लगाउँदै एउटा समूह आइपुग्यो । त्रियासी वसन्त पार गरिसकेका डंगोल हेर्दै थिए– ‘होइन केको जुलुस रहेछ ?’ टोलका युवादेखि वृद्धसम्म सहभागी थिए जुलुसमा । खोकनाको पुरानो टो...बाँकी

लोग्ने र ससुराको ‘आदेश’ मा भोट हाल्ने दिन गए !

पथरी शनिश्चरे– ८ का बच्चु चौधरीले विकास गर्ने उम्मेदवारलाई मत दिने बताइरहँदा उनकी श्रीमती पार्वतीदेवीले भने आफ्ना छोराछोरीको भविष्य सुरक्षित गर्ने र आफ्नो सुख–दुःखमा साथ दिने उम्मेदवारलाई मत दिने विचार व्यक्त गरिन् । उनले भनिन्– “विवाह भएदेखि नै श्रीमानले रोजेको उम्मेदवारलाई भोट दिएकी छु तर य...बाँकी

प्रकाश दाहाल : संक्षिप्त जीवनीदेखि निधनसम्मको परिवेश…

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का एक मात्र छोरा प्रकाश दाहालको आइतबार बिहान निधन भएको छ । अचेत अवस्थामा आइतबार बिहान नर्भिक अस्पताल पुर्‍याइएको पारिवारिक स्रोतले जनाएको छ । हृदयाघातका कारण दाहालको मृत्यु भएको अस्पतालले जनाएको छ । चुनावी अभियानअन्तर्गत केही दिनदेखि चित...बाँकी

दलहरूका घोषणापत्र : मतदातामा आशा र आशंका…

मुलुक निर्वाचनमय भइरहेका बेला राजनीतिक दलले आ–आफ्ना मुद्दा (घोषणापत्र) जनतासमक्ष प्रस्तुत गरिहँदा जनतामा आशा र आशंका छाएको छ । बारम्बार राजनीतिक क्रान्तिको मुद्दा उठाउँदै आएका राजनीतिक दलले यसपटक आर्थिक समृद्धिलाई मुख्य विषय बनाउनुका साथै आर्थिक क्रान्तिमार्फत मुलुकलाई विश्वसामु परिचित गर्ने प्...बाँकी

फूल बेचेर दिनमै डेढ लाख आम्दानी : ‘खिसी गर्नेहरू नै अहिले ग्राहक’

ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेंसीशहर नगरपालिका– ३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुर्ख्यौली घर घनपोखराबाट १५ वर्षअघि बे...बाँकी

बालकृष्ण ढुंगेल : गणतान्त्रिक योद्धा कि ‘हत्यारा’ र ‘अपराधी’ ? (भिडियो)

आज संघीय गणतन्त्रका नाममा नेपालमा धेरैले लाभ लिइरहेका छन्, जागिर खाइरहेका छन् र स्वदेश–विदेशमा थरीथरीका ‘धन्दा’ चलाइरहेका छन् । नेकपा (माओवादी) केन्द्रका नेता एवं पूर्वसभासद बालकृष्ण ढुंगेल नेपालका स्थापित गणतान्त्रिक योद्धा हुन् । गणतान्त्रिक अभियानका एक अगुवा बालकृष्ण ढुंगेल यतिबेला ‘हत्यारा’ क...बाँकी

के हो नाथ परम्परा ? नाथ परम्पराको परिचय…

पछिल्लो समयमा नाथको चर्चा परिचर्चा एकदम कम भएको महशुस गरिएकाले यसको बारेमा जानकारी दिने प्रयास गरिएको छ । आफ्नो परिचय दिँदा नाथ भन्यो भने त्यसपछि के हो भनेर जवाफ माग्नेको कमी छैन । त्यो पनि अहिलेका पढेलेखेका जनहरुबाट नै यो सवालले नाथबारेको ज्ञानको दरकार रहेको अवश्य रहेछ भन्ने स्पष्ट हुन्छ । सा...बाँकी

‘विप्लव टु प्रचण्ड’ : मामा–भान्जाबीचको रोचक घोचपेच !

नेत्र चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सो पार्टीसम्बद्ध राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष झकबहादुर मल्ल ‘सुदिप’ ले बिहीबार बिहान फेसबुक स्ट्याटस लेख्दै सबै जिम्मेवारीहरूसहित पार्टी परित्यागको घोषणा गरे । शनिबार साँझ प्रचण्ड निवास लाजिम्पाटमा खादा पहि...बाँकी

सुन्दर ओलाङ्चुङगोला : आयो सडक, आएनन् गाडी !

छिमेकी मुलुक चीनसँग सडक सञ्जालले जोडिए पनि ओलाङ्चुङगोलाका बासिन्दाले यातायातका साधन चढ्न पाएका छैनन् । दुर्गम ओलाङ्चुङगोला बस्तीसम्म सडक आए पनि स्थानीयवासीलाई ओहोरदोहोर गर्ने सवारीसाधन छैनन् । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ओलाङ्चुङगोला वस्तीमा भने ठूलठूला सवारीसाधन आए पनि त्यहाँका स्थानीयवासीलाई...बाँकी

कागती बेचेर ५ वर्षमै करोडपति…

मेचीनगर नगरपालिका– ९, मागुरमाडीका डिल्लीराम उप्रती कागती बेचेरै करोडपति बनेका छन् । ९ वर्षसम्म विदेशमा श्रम र पसिना बगाएर नेपाल फर्केका उप्रेती आफ्नो डेढ बिगाहा जमिनमध्ये १ बिगाहमा लगाएको कागती बेचेरै करोडपति बनेका हुन् । उनले अहिले वार्षिक २० लाख रूपैयाँभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६९ देख...बाँकी