१० पुष, २०७३ |
विक्रम गिरी/सुरेन्द्र भण्डारी
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न ९ वटा स्पर्धामा मध्यमाञ्चलले ५ वटामा जित हासिल गरेको छ भने नेपाली सेनाले २ तथा सुदूरपश्चिमाञ्चलले १ स्वर्ण पदक जितेका छन् ।
मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किलोमुनिको तौलमा किरण कडेल, ६...बाँकी
१० पुष, २०७३ |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री दाहालले आफ्नो शुभकामना सन्देशमा सम्पूर्ण ख्रीष्...बाँकी
१० पुष, २०७३ |
न्युजकोसेली संवाददाता
नेत्र चन्द नेतृत्वको नेकपा (माआवादी) ले इन्धनको मूल्यवृद्धि, महँगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध ‘संघर्ष’ का थप कार्यक्रम सार्वजनिक गरेको छ ।
सो पार्टीसम्बद्ध विभिन्न जनवर्गीय संगठनहरुले शनिबार राजधानीस्थित संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
...बाँकी
९ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
क्रिसमसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूण ईसाई धर्मावलम्बी नेपालीहरुलाई शुभकामना दिएकी छन् ।
राष्ट्रपति कार्यालयबाट सञ्चारमाध्यमलाई सम्प्रेषित शुभकामना सन्देशमा भनिएको छ– ‘ईसाई धर्मावलम्बीहरुको महान् पर्व क्रिसमस डेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईसाई धर्मावलम्बी ...बाँकी
९ पुष, २०७३ |
न्युजकोसेली संवाददाता
भूकम्पले क्षतिग्रस्त नेपालका विभिन्न पर्यटकीय भूभाग पर्यटनका निम्ति सुरक्षित छन् भन्ने सन्देश प्रवाहित गर्दै पत्रकारिताकर्म गरेका ३ सञ्चारकर्मी पुरस्कृत भएका छन् ।
ट्रेकिङ एजेन्सीज एशोसियसन नेपाल (टान) को ३८औं वार्षिक साधारणसभाको उद्घाटन एवम् समापन शत्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार र...बाँकी
९ पुष, २०७३ |
मोहिनी मिश्र रिसाल
सन् २०१६ मा बेलायत, अमेरिका, दक्षिण कोरिया, टर्की र कोलम्बियालगायतका देशहरुमा राजनीतिक उतार चढावलगायत ठूलो हलचल मच्चियो । बेलायतमा गत जुन २३ मा युरोपियन युनियनमा बसिरहने कि बाहिरिने भन्ने विषयमा जनमत सङ्ग्रह भएको थियो । सो जनमत सङ्ग्रहको परिणामले बेलायतलाई युरोपेली सङ्घ छोड्ने जनादेश दियो र औपचारिकर...बाँकी
९ पुष, २०७३ |
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान संशोधन प्रस्तावलाई संसदीय प्रक्रियामार्फत टुङ्गो लगाउनुको विकल्प नरहेको बताएका छन् ।
मन्त्री लेखकले सधैंजसो संसद् अवरूद्ध गर्नुभन्दा यदि संविधान संशोधन गलत छ वा जनताको पक्षमा छैन भने लोकतान्त्रिक प्रक्रियामार्फत संसदबाटै टुङ्गो लगाउनुपर्ने...बाँकी
९ पुष, २०७३ |
हेमन्त केसी
सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुन सकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् ।
जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठे...बाँकी
८ पुष, २०७३ |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदे...बाँकी
८ पुष, २०७३ |
रमेश लम्साल
सरकारले पुस १७ देखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभीभीएनसँग गरेको विद्युत् खरिद सम्झौताप...बाँकी