newskoseli.Com

जसपा त गुमाए–गुमाए, राजपा समेत महन्थ–राजेन्द्रले नपाउने

महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ताका लागि ‘मधेशवादी’ नेता हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान नहुने निश्चित भएर विभाजनको प्रक्रिया अघि बढिरहेका बेला धनुषानिवासी हरिनारायणले आफ्नै अध्यक्षतामा राज...बाँकी

संसद ‘विघटन’ मुद्दामा बहस सकियो, असार २८ मा पेसी, सम्भवतः त्यही दिन फैसला

प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी मुद्दामा बहस सकिएको छ । निवेदकका तर्फबाट १२ घन्टा, विपक्षीका तर्फबाट १५ घन्टा, निवेदकका तर्फबाट ३ घन्टा जवाफी र एमिकस क्युरीका तर्फबाट २ घन्टा बहस सोमबार सकिएको हो । संवैधानिक इजलास अब असार २८ मा बस्ने गरी पेसी तोकिएको छ । बहसको अन्त्यमा निवेदकको जवाफी बहस र एमिकस क्...बाँकी

काठमाडौंमा माधव पक्षको बैठक, झलनाथ खनाल दिल्लीबाटै सहभागी

‘पार्टीलाई २०७५ जेठ २ मा फर्काइयो’ भन्दै बुधबार बसेको ओली समूहको ‘दसौं महाधिवेशन आयोजक समिति’ को ‘अन्तिम’ बैठकले केही नेताहरूलाई स्थायी कमिटीमा र केही नेताहरूलाई केन्द्रीय कमिटीमा थप गर्नेसहित मूलतः २८ फागुन, २०७७ कै एकलौटी निर्णयलाई नै ‘आधिकारिकता’ दिएको छ । सोही बैठकले केन्द्रीय कमिटीको बैठकका ...बाँकी

को–को हुन् एमालेका २४१ र पूर्वमाओवादीबाट थपिएका २० सहित २६१ केन्द्रीय सदस्य ? (नामावलीसहित)

ओली समूह र खनाल–नेपाल समूह गरी दुई कित्तामा विभक्त भएर विभाजनको संघारमा उभिएको नेकपा (एमाले) मा २ जेठ, २०७५ मा २४१ केन्द्रीय सदस्य थिए । २८ फागुन, २०७७ मा बसेको ओली पक्षको एकलौटी बैठकले पूर्वमाओवादीका २३ जना थपेर २६४ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको थियो । तर, खनाल–नेपाल पक्षले त्यो कमिटीलाई ...बाँकी

मन्त्रिमण्डल पुनर्गठन सर्वोच्चद्वारा बदर : यी हुन् १३ र १९ दिनमै पद गुमाउने २० मन्त्री (नामावलीसहित)

दिनदिनै र जताततै संविधान, कानुन र राजनीतिक मूल्य–मान्यताको धज्जी उडाउँदै राष्ट्र र जनताविरूद्ध निरन्तर अपराध गर्दै आएका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीलाई सर्वोच्च अदालतले मंगलबार अर्को झापड लगाइदिएको छ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएर अल्पमत पुष्टि भइसकेका अनि आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर...बाँकी

निषेधाज्ञा फेरि थपियो ७ दिन : सार्वजनिक सवारी नचल्ने, निजीलाई जोर–बिजोर, बारअनुसार पसल खुल्ने (कुन बार के–के खुल्ने ?)

१६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै एक साता लम्ब्याएर असार ११ गतेसम्म तन्क्याइएको छ । अब भने केही सेवा तथा काराेबारहरु अलि खुकुलो बनाइएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला ...बाँकी

‘टाउकाको ओखती नाइटामा के काम’ : बाबुराम भट्टराई

पूर्वमाओवादी वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो लोकोक्तिको स्मरण गर्दै आफू र आफ्नो पुस्ताका सबै नेताहरु रुपान्तरित हुनुपर्ने बताएका छन् । आफूहरु सबैमा आएको स्खलनकै कारण मुलुकका वर्तमान समस्या निम्तिएको उनको भनाइ छ । ...बाँकी

‘राष्ट्रपतिको निर्णय गैरसंवैधानिक छ’ : सभामुख सापकोटा (पूर्णपाठ)

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक निर्णय लिएको ठोकुवा गरेका छन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा संवैधानिक इजलासले जारी गरेको कारणदेखाउ आदेशको जवाफ दिँदै सभामुख सापकोटाले त्यस्तो ठोकुवा गरेका हुन् । ‘...बाँकी

प्रतिनिधिसभा ‘विघटन’ बारे सर्वोच्चलाई ओलीको जवाफ (पूर्णपाठ)

प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) अनसरुप आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लाजमर्दो गठजोडमा एकाए...बाँकी

‘मध्यरातको षड्यन्त्र’ बारे सर्वोच्च अदालतलाई राष्ट्रपतिको जवाफ (पूर्णपाठ)

प्रधानमन्त्री खड्ग ओलीसँगको लाजमर्दो ‘सेटिङ’ अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति एकाएक प्रतिनिधिसभा विघटन गर्ने काम गरेकी थिइन् । राष्ट्रपति भण्डारीको उक्त कार्य...बाँकी