६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
१६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै एक साता लम्ब्याएर असार ११ गतेसम्म तन्क्याइएको छ । अब भने केही सेवा तथा काराेबारहरु अलि खुकुलो बनाइएका छन् ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला ...बाँकी
६ असार, २०७८ |
न्युजकोसेली संवाददाता
पूर्वमाओवादी वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानो लोकोक्तिको स्मरण गर्दै आफू र आफ्नो पुस्ताका सबै नेताहरु रुपान्तरित हुनुपर्ने बताएका छन् । आफूहरु सबैमा आएको स्खलनकै कारण मुलुकका वर्तमान समस्या निम्तिएको उनको भनाइ छ ।
...बाँकी
४ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसंवैधानिक निर्णय लिएको ठोकुवा गरेका छन् । दोस्रो पटक प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्धामा संवैधानिक इजलासले जारी गरेको कारणदेखाउ आदेशको जवाफ दिँदै सभामुख सापकोटाले त्यस्तो ठोकुवा गरेका हुन् ।
‘...बाँकी
३ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (५) अनसरुप आफूलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने प्रस्ताव लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति प्रधानमन्त्री खड्ग ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लाजमर्दो गठजोडमा एकाए...बाँकी
३ असार, २०७८ |
न्युजकोसेली संवाददाता
प्रधानमन्त्री खड्ग ओलीसँगको लाजमर्दो ‘सेटिङ’ अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्तुत गरेको प्रस्तावलाई लत्याउँदै जेठ ७ गते मध्यराति एकाएक प्रतिनिधिसभा विघटन गर्ने काम गरेकी थिइन् । राष्ट्रपति भण्डारीको उक्त कार्य...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
मंगलबार दिनभर र राति समेतको अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा आएको बाढी एवं त्यस आसपास गएको पहिरोले दर्जनौ मानिस बेपत्ता बनाएको आशंका गरिएको छ ।
हेलम्बु– १ स्थित नाकोटेमा साँझ करिव ६ बजेतिर गएको पहिरोले रोकिएको पानीले माटो छिचोली बाढी गएको हो । परीक्षणक्रममा रहेको मेलम...बाँकी
१ असार, २०७८ |
न्युजकोसेली संवाददाता
वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित पदाधिकारी र स्थायी कमिटीको बहुमत पक्षलाई पार्टी र सत्ताका सबै भूमिकाबाट च्युत गराएर आफूनिकट एउटा सानो समूह मात्रैलाई ‘नेकपा (एमाले)’ भन्दै एकलौटी ढंगबाट पार्टीगत र सत्ता सञ्चालनका गतिविधि गरिरहेको खड्ग ओली समूहभित्रै चरम असन्तुष्टि, तीव्र गुटबन्दी र आ...बाँकी
३१ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगिरहेको अहिलेको सन्दर्भमा रोकथाम तथा नियन्त्रणका लागि भन्दै कामचलाउ सरकारको योजना, निर्णय र निर्देशनअनुरूप स्थानीय प्रशासन (काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ) द्वारा १६ वैशाखदेखि जारी राजधानी उपत्यकाको निषेधाज्ञा असारभर समेत कायमै रहने देखिएको छ ।
ती...बाँकी
३० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेपालका पाँच पूर्वप्रधानमन्त्रीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेका कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले अदालतलाई धम्क्याएको बताएका छन् । ओलीका अनेकौं बदमासीको दृष्टान्त दिँदै त्यसो नगर्न ओलीलाई उनीहरुले चुनौती समेत दिएका छन् ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा...बाँकी
२९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
बिहीबार प्रदेशसभामा भएको मतविभाजनबाट गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ अल्पमतमा परी अपदस्थ भएको तेस्रो दिन शनिबार अपराह्न नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । पोखरेलको नियुक्तिसँगै नेपालका सातमध्ये चारवटा प्रदेश सर...बाँकी