newskoseli.Com

‘फर्केर आउनेहरु’ लाई प्रचण्डको व्यंग्य : ‘लहडले नेता बनिँदैन’ !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको उल्लेख गर्दै कोही पनि ‘लहड र रहरले’ नेता नबन्ने बताएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (नेक...बाँकी

प्रदेश– १ मा एकै दिन ४ जनाले गरे आत्महत्या

प्रदेश नं. १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका– १, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका– ३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका– ८, भुर्कीका द...बाँकी

बैङ्कले दियो बढी रकम… तर, फिर्ता गरे वैद्यले !

बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले दिएको बढी रकम सातदोबाटो, ललितपुरका डा. जगदीश वैद्यले फिर्ता गरिदिएका छन् । बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि वैद्यले फिर्ता गरेका हुन् । आफूले इमानदारिताका साथ बैङ्कले दिएको बढी रकम त्यही...बाँकी

घर–घरमा टाँसिँदै नम्बर प्लेट !

      स्थानीय बासिन्दाको घरमा नम्बर प्लेट टाँस्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ का वडा अध्यक्ष जगता राना । नगरपालिकाले बिहीबारदेखि १२ वटै वडामा घर–घरमा तथ्याङ्क संकलनका लागि गणकहरुलाई खटाएको छ ।    ...बाँकी

‘आँखा खोलेर हेर्ने र कलम तिखार्ने बेला’ : जनसांस्कृतिक महासंघ

अखिल नेपाल जनसांस्कृतिक महासंघले नेपाल तथा भारतका सरकारले पक्राउ गरेका बुद्धिजीवी, सामाजिक अभियन्ता र राजनीतिक नेता–कार्यकर्तालाई तत्काल रिहाइ गर्न माग गरेको छ । शुक्रबार जारी महासंघका महासचिव खेम थपलियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर राव...बाँकी

आईजीपीलाई गृहमन्त्रीको निर्देशन : बलात्कार न्यूनीकरणको योजना तत्काल बनाउनोस्

महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि तत्कालै विशेष योजना बनाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । बिहीबार नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई गृह मन्त्रालयमा बोलाएर पछिल्लो समय बढिरहेका महिला हिंसा र बलात्कारबारेका समाचारप्रति आफ्नो ...बाँकी

फोहर फाल्दा छतबाट खसेर ३० वर्षीया सिर्जनाको मृत्यु

फोहर फाल्ने क्रममा घरको छतबाट खसेर बिहीबार एक महिलाको मृत्यु भएको छ । विदुर नगरपालिका– १, ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको छतबाट खसेर मृत्यु भएको हो । फोहर सङ्कलन गर्ने गाडी आएपछि फोहर फाल्न उनी घरको छतमा चढेकी थिइन् । छतमा कुर्सीमाथि चढेर फोहर फाल्न खोज्दा चिप्लिएर ढुङ्गाना सडकमा खसिन् ...बाँकी

छात्रामाथि ‘दुर्व्यवहार’ को आरोपमा प्रिन्सिपल कर्‍याप्प !

विद्यालयमा अध्ययनरत छात्रामाथि ‘दुर्व्यवहार’ गरेको आरोपमा बुटवलको एक निजी विद्यालयका प्रिन्सिपल तोयाराम पौडेल बुधबार पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका– ११, नहरपुरको ज्ञानपुञ्ज सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको छात्रावासमा बस्ने १० कक्षाकी छात्रामाथि ‘अभद्र व्यवहार’ गरेको भन्दै उनलाई नियन्त्र...बाँकी

डोजर दुर्घटनामा पर्‍यो : २ को मृत्यु, १ घाइते…

कमलामाई नगरपालिका– १, डाँडीगुराँसेमा बुधबार डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नम्बरको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर मिथिला नगरपालिका– १०, लालगढ, धनुषा निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र तीनपाटन गाउँपालिका– ४, बागथला, सिन्...बाँकी

फेरि गोरखा ‘जेलब्रेक’ की चर्चित कमान्डर शिलुलाई पक्राउ गरे बादलले !

तत्कालीन दसवर्षे जनयुद्धकालका केही विश्वचर्चित एवं ‘ऐतिहासिक’ कीर्तिमानहरु मध्येको एक हो– ‘गोरखा जेलब्रेक’ । सोही जेलब्रेक प्रकरणकी कमाण्डर थिइन्– उमा भुजेल अर्थात् ‘कमरेड शिलु’ । यतिबेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी केन्द्रीय नेतृ रहेकी शिलु त्यस पार्टीको सैन्य फाँटकी शीर्ष कमान्ड...बाँकी