१९ भाद्र, २०७५ |
चितवन, १९ भदौ ।
एलपी ग्यास बोकेर काठमाडौंतर्फ जाँदै गरेको कन्टेनर नारायणगढ–मुग्लिन सडक खण्डको केराबारीबाट मंगलबार अपराह्न त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी काार्यलय चितवनका अनुसार एचआर ६९ पी ६९७३ भारतीय नम्बरको कन्टेनर १ः२० बजे नदीमा खसेको हो । चालक भने हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चालकको मु...बाँकी
१९ भाद्र, २०७५ |
तुलसीपुर, १९ भदौ ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका– १०, दक्षिण अम्राईमा २०६८ असार २८ मा धारिलो हतियार प्रहार गरी ३६ वर्षीय टेकबहादुर घर्तीको हत्या गरेको अभियोगमा राप्ती गाउँपालिका– १, भालुबाङ घर भएका ३७ वर्षीय किरण भनिने कुमवीर बुढालाई प्रहरीले पक्राउ गरेको...बाँकी
१९ भाद्र, २०७५ |
बुटवल, १९ भदौ ।
थारु कल्याणकारी सभा, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । दुई दिनसम्म सैनामैनामा चलेको नवौं अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
समितिको सदस्यहरूमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे ...बाँकी
१८ भाद्र, २०७५ |
काठमाडौं, १८ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको’ प्रदेश नं. ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताएका छन् ।
प्रदेश नं. ७ तथा कर्णाली प्रदेशमा मनाइने गौरा पर्वका अवसरमा सोमबार शुभकामना सन्देश दिँद...बाँकी
१७ भाद्र, २०७५ |
कञ्चनपुर, १७ भदौ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११, कलुवापुरनजिक शनिबार राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका– १८, खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।
कैलालीको टिकापुरबाट से २ प ९६६९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका...बाँकी
१७ भाद्र, २०७५ |
बद्री नयाँघरे
केही दिनदेखि लगातार परेको भीषण वर्षाका कारण घरनजिकै पहिरो गएपछि रामेछापको उत्तरी क्षेत्रमा अवस्थित उमाकुण्ड गाउँपालिकाका ६ घरपरिवार विस्थापित भएका छन् ।
भारी वर्षातका कारण घरमुनिबाट पहिरो गएपछि उमाकुण्ड गाउँपालिका– ५, प्रीतिको चिलाउनेमा २ घर र प्रीतिकै डाँडाखर्कमा १ घर तथा वडा नं. ६, गुप्तेश्वरको...बाँकी
१७ भाद्र, २०७५ |
बद्री नयाँघरे
जिल्ला समन्वय समिति रामेछापका कार्र्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार गरी गम्भीर घाइते तुल्याउने दोषीनजिक आफूहरु पुगिसकेको प्रहरीले जनाएको छ ।
प्रहरी एक हप्ता लामो अनुसन्धान र विभिन्न व्यक्तिहरुसँगको बयानका आधारमा घटनाको दोषीनजिक पुगेको हो । परिवार, पीडित, अस्पताल र बाह्य सूचना तथा लामो ...बाँकी
१६ भाद्र, २०७५ |
काठमाडौं, १६ भदौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी र नेता भनेको इतिहास र जनताले पैदा गर्ने विषय भएको उल्लेख गर्दै कोही पनि ‘लहड र रहरले’ नेता नबन्ने बताएका छन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी परित्याग गरेर नेपाल कम्युनिस्ट पार्टी (नेक...बाँकी
१५ भाद्र, २०७५ |
विराटनगर, १५ भदौ ।
प्रदेश नं. १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका– १, कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका– ३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका– ८, भुर्कीका द...बाँकी
१५ भाद्र, २०७५ |
काठमाडौं, १५ भदौ ।
बैङ्कबाट रकम झिक्ने क्रममा बैङ्कले दिएको बढी रकम सातदोबाटो, ललितपुरका डा. जगदीश वैद्यले फिर्ता गरिदिएका छन् ।
बुधबार जावलाखेलस्थित मेगा बैङ्कबाट चेकमार्फत रकम झिक्ने क्रममा बैङ्कका कर्मचारीले ५० हजार रुपैयाँ बढी दिएपछि वैद्यले फिर्ता गरेका हुन् । आफूले इमानदारिताका साथ बैङ्कले दिएको बढी रकम त्यही...बाँकी