२९ भाद्र, २०७५ |
लहान, २९ भदौ ।
सिरहाको लहान नगरपालिका– १३, पक्कीटोलबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
सरकारविरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले भदौ २३ मा पक्राउ गरेका स्थानीय ग...बाँकी
२८ भाद्र, २०७५ |
नवलपरासी, २८ भदौ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि हातपात र ‘दुर्व्यवहार’ गरेको घटनाबारे सत्य–तथ्य पत्ता लगाउन छानविन समिति गठनको माग गरिएको छ ।
सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि हातपात र ‘दुर...बाँकी
२७ भाद्र, २०७५ |
महोत्तरी, २७ भदौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ ।
५ हजार रुपैयाँ घुस रकमसहित टोलीले बुधबार उनलाई रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबा...बाँकी
२७ भाद्र, २०७५ |
बर्दिया, २७ भदौ ।
बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका– ६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा स्वयं बालिका तथा उनको परिवार मात्र होइन, कानुनी कार्बाहीका लागि किटानी जाहेरी दिन समेत समस्या परेको छ ।
बलात्कार गरी गर्भवती बनाउने व्यक्तिको पहिचान हुन नसक्दा पीड...बाँकी
२६ भाद्र, २०७५ |
कञ्चनपुर, २६ भदौ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका– २ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउने क्रममा अनुसन्धानका लागि हिरासतमा लिइएका तीनै जना मंगलबार रिहा भएका छन् ।
प्रहरी हिरासतमा लिइएका दिलिप विष्ट र रोशनी बमलाई साधारण तारेखमा छाडिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब ...बाँकी
२६ भाद्र, २०७५ |
काठमाडौं, २६ भदौ ।
बूढानीलकण्ठ नगरपालिका– ५ का चन्दनकृष्ण कायस्थको जग्गा कीर्ते गरी अर्कै व्यक्तिको नाममा नामसारी गराइदिने कार्यमा संलग्न मालपोत कार्यालय चाबहिलका कर्मचारीसहित ९ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
जग्गा कीर्तेमा संलग्न मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, नासु रञ्जनकुमार खरेल, जमुनाकुमारी श्रे...बाँकी
२६ भाद्र, २०७५ |
दमक, २६ भदौ ।
झापाको कमल गाउँपालिका– ६, मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् ।
गौरीगञ्ज वडा नं.– ६, बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा मंगलबार बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिएका छन् ।
...बाँकी
२६ भाद्र, २०७५ |
काठमाडौं, २६ भदौ ।
प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी मंगलबारदेखि न्यायाधीशकै हैसियतमा सर्वोच्च अदालतमा काममा फर्केका छन् ।
संसदीय सुनुवाइ समितिले साउन १८ मा प्रस्तावित प्रधानन्यायाधीशका लागि जोशीको सुनुवाइ गरेको थियो । सुनुवाइबाट प्रधानन्याया...बाँकी
२५ भाद्र, २०७५ |
भोजपुर, २५ भदौ ।
नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै भोजपुरमा ६ जना पुरुषले सम्बन्ध-विच्छेदका लागि मुद्दा दर्ता गराएका छन् ।
नयाँ मुलुकी संहिता जारी भएपछि श्रीमतीसँग सम्बन्ध-विच्छेद गर्ने पुरुषको सङ्ख्यामा वृद्धि भएको जिल्ला अदालत भोजपुरले जनाएको छ । ६ वटा मुद्दा दर्ता भएकामा एउटाको फैसला भएको अदालतका सूचना अधिका...बाँकी
२५ भाद्र, २०७५ |
स्याङ्जा, २५ भदौ ।
श्रीमान्–श्रीमतीको सहमतिमा सम्बन्ध–विच्छेद स्वाभाविक हो । तर, यहाँ श्रीमतीलाई थाहा नै नदिर्इ ‘सम्बन्ध–विच्छेद’ गरेको घटना सार्वजनिक भएको छ ।
आफूलाई थाहा नै नदिर्इ श्रीमानले सम्बन्ध–विच्छेद गरेको भन्दै सोमबार ५० वर्षीया मीनाकुमारी क्षेत्रीले स्याङ्जा जिल्ला अदालतमा उजुरी दिएकी छन् । उनले रुँदै भनि...बाँकी