२९ फाल्गुन, २०८१ |
न्युजकोसेली संवाददाता
गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेले एनआरएन अभियन्ता तथा प्रबुद्ध प्रवासी नेपालीहरुलाई आउँदो मे महिनामा काठमाडौंमा हुन गइरहेको एकता महाधिवेशनमा सहभागी भएर संघलाई एकताबद्ध बनाउन योगदान गर्न अपिल गरेका छन् ।
संघका पूर्वअध्यक्ष समेत रहेका डा. घलेले कर्मभूमि अष्ट्रेलियास्थित सिडन...बाँकी
१४ फाल्गुन, २०८१ |
न्युजकोसेली संवाददाता
क्लासिक डाइमण्डले ‘टाइमलेस प्यारागन ज्वेलरी फेसन सो (टीपीजेएफएस)’ सम्पन्न गरी ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु गरेको छ । काठमाडौंमा सोमबार (फागुन १२ मा) ‘टीपीजेएफएस’ सम्पन्न भई मंगलबार (१३ गते) देखि ‘विशेष ज्वेलरी एक्जिबिसन’ सुरु भएको क्लासिक डाइमण्डले जनाएको छ ।
क्लासिक डाइमण्ड ज्वेलर्सले मंसिरमा ...बाँकी
१४ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारबीच भएको अनुदान सहयोग अन्तर्गतका केही परियोजनाको काम नगर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ । अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यूएसएआईडीको सहवित्तीय लगानी भएका आयोजनामा उसको स्रोतमा दायित्व सिर्जना हुने गरी काम नगर्न निर्देशन ...बाँकी
१४ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
लालीगुराँस– २, तेह्रथुमस्थित चोःलुङ पार्क तथा संग्रहालयको अवलोकन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर सौजन्यः अध्यक्ष प्रचण्डको सचिवालय ।
...बाँकी
१४ माघ, २०८१ |
प्रदीपराज वन्त
राजधानीको त्रिपुरेश्वरस्थित भन्सार विभागमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
तस्बिर सौजन्यः प्रदीपराज वन्त/मिडिया फोटो सर्भिस ।
...बाँकी
११ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
देशका विभिन्न स्थानमा आगलागी हुँदा जलेर करोडौंको धनमाल नष्ट भएको खबर केन्द्रीय प्रहरी समाचार कक्षले शुक्रबार प्रेषित गरेको छ ।
काठमाडौं महानगरपालिका– २७, असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको ...बाँकी
११ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
काठमाडौं महानगरपालिका– ९, सेतोपुल नजिकै अवस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली घर भई सिनामंगल, काठमाडौं बस्ने २९ वर्षीय लोकबहादुर चौहानलगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ७ सय रूपैयाँ र १ बुक ताससहित बिहीबार बेलुका पक्राउ...बाँकी
१० माघ, २०८१ |
न्युजकोसेली संवाददाता
मन्थली अस्पतालको नवनिर्मित पन्ध्र शैय्याको भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर अस्पतालको दुईतले भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरप्रमुख लव श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
१० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन भारत सरकार...बाँकी
९ माघ, २०८१ |
न्युजकोसेली संवाददाता
हालै पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् ।
नेपाल सरकार गृहमन्त्रीस्तरको २...बाँकी
९ माघ, २०८१ |
रासस
प्रसिद्ध धार्मिकस्थल पाथीभरामा साउनदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा दर्शन गर्न आउने भक्तजनबाट १ करोड ३० लाख २४ हजार ४ सय ५६ रुपैयाँ भेटी र दान सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार सोही अवधिमा १ लाख ६ हजार ६ सय २३ जना भक्तजनले मन्दिरको दर्शन गरेका छन् । भेटी र दानबाट सङ्कलित रक...बाँकी