newskoseli.Com

नेपाली युवकले दुबईमा जिते ८२ करोडको चिट्ठा

गोलबजार नगरपालिका– १०, सिरहाका रञ्जितकुमार पालले दुबई (संयुक्त अरब इमिरेट्स– यूएई) मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपैयाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । ‘चिट्ठाको विजेता घोषणा गर्दा म अफिसमै लाइ...बाँकी

कुवेतमा बिक्री भइन् दुबई पुर्‍याइएकी किशोरी !

भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्‍याइएककी किशोरी कुवेत पुगेर बेचबिखनमा परेकी छन् । १९ वर्षीया ती किशोरीलाई मानव बेचबिखनमा संलग्न गिरोहले पाँच लाख रुपियाँमा बिक्री गरेको खुलेको छ । बेचबिखन गर्दै त्यहाँ पुर्‍याइएककी किशोरी कुवेतमा यौनजन्य क्रियाकलापसँगै श्रम शोषणमा परेको ...बाँकी

सांसदहरू नै धमाधम अपराध काण्डमा : कोही पक्राउ, कोही निलम्बित, कोही ‘फरार’

अदालतबाट दोषी ठहर भई ‘फरार सूची’ मा रहेका सांसद् एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’ मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’ मा रहेका नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी पछिल्लो समय प्र...बाँकी

सत्तापक्ष नै दुई धारमा विभाजित !

प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयताविरोधी सांसदहरूबीच ‘जुहारी’ नै चलेको छ । सरकारमा बसेका मन्त्रीहरूबाटै केही दिनयता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा अभिव्यक्ति आउँदै गर्दा बुधबारको प्रतिनिधिसभा बैठकमा समेत सो विषयमा सत्तापक्षकै सांसदको विभाजित मानसिकता छरपष्ट देखिएको हो । ...बाँकी

सवारी सुधारबारे अध्ययन गर्न कार्यदल गठन

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी प्रदूषण, सवारी सुरक्षा एवम् दुर्घटना न्यूनीकरणबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को निर्णयानुसार पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन भएक...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय अधिकारीबीच भेटवार्ता

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ सँग भारतीय विदेश मन्त्रालयका आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिलासम्बन्धी सचिव प्रभात कुमारले शिष्टाचार भेट गरेका छन् । भारतीय सचिव कुमारले सोमबार मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरेका हुन् । भारतीय सहयोगमा...बाँकी

आधा सेकेन्डमै सिटी स्क्यान सेवा अब नेपालमै !

आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न मिल्ने मेसिन नेपालमा पनि भित्रिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टरले आधा सेकेन्डमै सिटी स्क्यान गर्न सकिने सिटी स्क्यान मेसिन ल्याएको हो । आधा सेकेन्डभित्रै सिटी स्क्यान गर्न सकिने मेसिन नेपाल...बाँकी

ट्रिटनमा नमूना मतदान सम्पन्न

मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिइरहेको सन्दर्भमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत राजधानीको तीनकुनेस्थित ट्रिटन इन्टरनेसनल मावि/कलेजमा नमूना मतदान गरिएको छ । निर्वाचनमा मत बदरको संख्या घटाउने उद्देश्यले विद्यार्थीहरुकै सहभागीतामा नमूना मतदान कार्यक्रम आयोजना गर...बाँकी

‘अमर ओमकला अक्षय कोष’ बाट विद्यार्थीलाई सहयोग

‘अमर ओमकला अक्षय कोष’ बाट रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं.  ४ मा अवस्थित श्री जनता आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरिएको छ । विद्यालयका कक्षा १ देखि ८ सम्मका प्रथम, द्वितीय र तृतीय गरी २४ जना र अति विपन्न छात्रछात्राहरु ३० जना गरी जम्मा ५४ जनालाई कापी, कलम, झोला र विद्यालय पोशाक बितरण...बाँकी