newskoseli.Com

ओलीको ‘अफर’ : जसपालाई ८ मन्त्रालय

जनता समाजवादी पार्टी (जसपा) का ‘माग पूरा गर्न’ सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री खड्ग ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता राजेन्द्र महतोका अनुसार माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको थियो । ‘मधेस आ...बाँकी

‘देउवाको भूमिका ओली समूहको स्याटेलाइटजस्तो’ : उपेन्द्रको आरोप

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिका केपी ओलीको पार्टीको स्याटेलाइटजस्तो भएको आरोप लगाएका छन् । उनले भनेका छन्( ‘कांग्रेस अगाडि किन नसरेको हो ? विपक्षीको भूमिका विगत तीन वर्षदेखि किन ननिभएको हो ? तीन वर्षदेखि मुलुक प्रतिपक्षविहीन...बाँकी

एमालेका ४ नेताले ‘जवाफ’ पठाउँदै : ‘स्पष्टीकरण’ सोध्नेकै हैसियतमाथि प्रश्नचिह्न

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ‘स्पष्टीकरण’ मागिएका एमालेका चार नेताले ‘स्पष्टीकरण’ माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री खड्ग ओलीको अध्यक्षतामा गत शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसा...बाँकी

घाइते साथीलाई नदीमा फालेर फरार !

ट्र्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गल्याङ नगरपालिका– ८ का सुनील राना पक्राउ परेका हुन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार भने फरार छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ– ...बाँकी

अनुमानविपरीत बेग्लै मोडतर्फ राजनीति : के–के हुँदैछ देशमा ?

आमअनुमान थियो– कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा वा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएमा खड्ग ओलीको सरकार ढल्छ । तर, अब देशको राजनीतिले आमअनुमानभन्दा फरक मोड लिँदैछ । राजपा र उपेन्द्र यादवहरुले सरकारलाई दिएको समर्थन पहिले फिर्ता लिँदा समेत ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैल...बाँकी

प्रधानमन्त्री बन्ने ‘मौका’ पाउँदा किन डराउँदैछन् देउवा ? यस्तो छ भित्री कारण…

पाँच वर्ष पनि कुर्नै नपरीकन घुमिफिरी हातमा सत्ता आउन लाग्दा नेपाली कांग्रेस खड्ग ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन त चाहन्छ तर उसलाई डर छ, जनता समाजवादी पार्टीभित्रको पूर्व ‘मधेसवादी’ समूहसँग । कारण हो, ०५३ सालको झस्काइ । त्यसबेला ‘मधेसवादी’ नेताबाट जसरी एमालेले धोका खायो, त्यो धोका अहिले ...बाँकी

ओलीसँग बिच्किए विप्लव : अझै किन छुटेनन् १३३ राजबन्दी ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले थुनामा रहेका आफ्ना नेता–कार्यकर्ता रिहा नभएकामा सरकारसँग असन्तुष्टि जनाएको छ । विप्लवसहितको टोलीले सोमबार प्रधानमन्त्री खड्ग ओलीलाई भेटेर सरकारसँग भएको तीनबुँदे सहमतिबमोजिम कार्यकर्ता रिहा र मुद्दा फिर्ता नभएकामा ध्यानाकर्षण गराएको छ । ...बाँकी

८ महिनामा झण्डै ३ अर्बको प्याज आयात : ‘कृषिप्रधान’ नेपालको लज्जा !

साउन यताको ८ महिनामा २ अर्ब ७९ करोड रुपैयाँको प्याज आयात भएको छ । भान्छामा अत्यधिक उपभोग हुने प्याज यो अवधिमा ७१ हजार ३ सय ४० टन आयात गरिएको हो । यही अवधिमा १ अर्ब १२ करोड रुपैयाँको १० हजार ३ सय ११ टन लसुन समेत विदेशबाटै भित्रिएको छ । यो ८ महिनामा आलु नै पनि ६ अर्ब ४५ करोड रुपैयाँको २ लाख ५१ हजार ९ ...बाँकी

‘सत्ता टिकाउन’ अब यसो गर्दैछन् ओली : तर, उनैलाई प्रत्युत्पादक हुने

एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीले एकल निर्णयबाट सांसदलाई कारबाही गर्न सक्ने गरी पार्टी विधान संशोधन गरिसकिएको छ । पार्टी झगडामा ओलीले उनीसँग फरक मत राख्ने सांसदलाई कारबाही गर्न विधान संशोधन गर्नु कति उचित र कति अनुचित हो भन्ने विषयमा बहस सुरु भएको छ । एकथरीले यसलाई ‘ओली आतंक’ भनेका छन् ।...बाँकी

जीवनकै सबैभन्दा अप्ठ्यारोमा माधव नेपाल : के गर्लान् अब ? आत्मसमर्पण कि विद्रोह ?

नेकपा (एमाले) माधव–झलनाथ समूहको चैत ५ को राष्ट्रिय भेलामा प्रदेश– २ की सांसद मञ्जु यादवले सोधिन्– ‘फागुन २८ को निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनर्स्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’ अलमलपूर्ण अवधारणापत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैं ...बाँकी