newskoseli.Com

जीवनकै सबैभन्दा अप्ठ्यारोमा माधव नेपाल : के गर्लान् अब ? आत्मसमर्पण कि विद्रोह ?

नेकपा (एमाले) माधव–झलनाथ समूहको चैत ५ को राष्ट्रिय भेलामा प्रदेश– २ की सांसद मञ्जु यादवले सोधिन्– ‘फागुन २८ को निर्णय फिर्ता लिएर ओली पक्ष २०७५ जेठ २ कै अवस्थामा पार्टीलाई पुनर्स्थापित गर्न तयार भए त ठीकै छ, नभए के गर्ने ? लत्रिने ?’

अलमलपूर्ण अवधारणापत्र र नेताहरुको त्यस्तै भाषण सुनेपछि यादवझैं धेरै प्रतिनिधिले यो प्रश्न झलनाथ खनाल र माधवकुमार नेपालसहितका नेतृत्वसमक्ष सोझ्याएका थिए । तर, प्रश्नकर्ताहरुले ठ्याक्कै जवाफ पाउन भने सकेनन् । उपमहासचिव घनश्याम भुसालले अन्तिमतिर ओली प्रवृत्तिविरुद्ध एमालेभित्रै संघर्ष गर्ने र तल्लो तहसम्म पार्टी कमिटी गठन–पुनर्गठन गर्दै जाने नै अबको कार्यक्रम हो भनेपछि भेलामा सहभागी सबैले ताली बजाएर अनुमोदन गरेका थिए ।

तर, बालुवाटारमा शनिबार बसेको ‘केन्द्रीय कमिटीको बैठक’ ले नेपाल पक्षको अपेक्षाविपरीत पार्टीका महत्त्वपूर्ण अधिकारहरु अध्यक्ष खड्ग ओलीलाई सुम्पँदै नेपाल र भुसालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गर्‍याे । सोमबार मात्रै नेताहरुले ‘स्पष्टीकरण’ सोधिएको पत्र पाएको बताइएको छ ।

शनिबारको बैठकले गरेका निर्णयले नेपाल समूह र त्यसको नेतृत्वकर्ता नेपाललाई पार्टी जीवनकै सर्वाधिक अप्ठ्यारो परिस्थितिमा पुर्‍याइदिएको छ । यतिबेला नेपालसामु आत्मसमर्पण या विद्रोहमध्ये एउटा बाटोमा हिँड्नुपर्ने परिस्थिति आएको छ । यी दुवै विकल्प नेपालका लागि प्रिय नभएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर