newskoseli.Com

बल्ल अघि बढे चुनावसम्बन्धी विधेयक

व्यवस्थापिका–संसदको अाइतबारको बैठकमा निर्वाचनसँग सम्बन्धित ३ विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा का.वा. प्रधानमन्त्री विमलेन्द्र निधिले ती विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ...बाँकी

त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ !

ब्रिक्स सम्मेलनका अवसरमा भारतको गोवामा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रिपक्षीय भेटवार्ता हुँदा त्रिदेशीय साझेदारीबारे ओठे ‘सहमति’ जुटेको छ । ब्रिक्स र बिम्स्टेक विस्तारित सम्मेलनका अवसरमा शनिबार राति ३ देशका का...बाँकी

राष्ट्रपति भण्डारीद्वारा दिवंगत थाई नरेशप्रति श्रद्धाञ्जली र समवेदना

राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेश भूमिबोल अदुल्यादेजको निधनप्रति स्तब्धता र दुःख प्रकट गर्दै नेपाल सरकार र नेपाली जनताका तर्फबाट दिवंगत नरेशप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त राजपरिवार र भावविह्वल थाई जनताप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति कार्यालयबाट निमित्त सचिव ह...बाँकी

संविधान सर्वस्वीकार्य बनाउनुपर्छ : नेता श्रेष्ठ

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले संविधानलाई सर्वस्वीकार्य बनाउन यसमा परिमार्जनको आवश्यकता रहेको बताएका छन् । दसैं, तिहार, छठ र मोहर्रम पर्व– २०७३ को उपलक्ष्यमा नेकपा (माओवादी केन्द्र) नगर समिति बर्दिवासले शुक्रबार वर्दिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अ...बाँकी

अमेरिका हान्निए प्रहरी प्रमुखहरु

संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । सम्मेलनमा विश्वभरिका प्रहरी संगठनका प्रमु...बाँकी

समृद्धिको यात्रामा लाग्ने अठोटमा खिया

संसदवादी धारका प्रमुख दल मिलेर ल्याएको संविधान कार्यान्वयनको सैद्धान्तिक आधारमा उनीहरुबीच विवाद देखिँदैन । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको ऐतिहासिक जनआन्दोलनका मुख्य शक्ति नै अहिलेका प्रमुख दल भएकाले त्यसको मर्म र भावनालाई आत्मसात् गरी एक ठाउँमा उभिएर २०७२ असोज ३ मा ७ प्रदेशको सङ्घीयता सहितक...बाँकी

बेल्टार तनावग्रस्त : दर्जनौं राउन्ड अश्रुग्यास प्रहार

बुधबार रातिदेखि बेल्टारबजार तनावग्रस्त बन्न पुगेको छ भने भीडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास समेत प्रयोग गरेको छ । ५ दिनअघि मोरङको सिजुवास्थित बेतौनाको जङ्गलमा बेल्टार–२ सिरबानी बस्ने राजेन्द्र कटुवालकी श्रीमती भीमकुमारी कटुवालको हत्या भएको थियो । बुधबार राति उनको शव ल्याउन...बाँकी

सरकारी बिऊले नराम्ररी धोका दियो, किसान परिवारको बिचल्ली

खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका– ७, तल्लोबेंसीका विष्णुप्रसाद कोइरालाल...बाँकी

छाप्रोमै उम्रिए जमरा, भूकम्पपीडितलाई केको दसैं !

कमलविनायकस्थित अस्थायी शिविरमा बस्दै आएकी रीता पोखाले पालभित्रै जमरा उमारेकी छन् । ०७२ वैशाख १२ को भूकम्पले घर भत्काएपछि शिविरमा त्रिपाल बेरेर बनाइएको छाप्रोमा बस्दै आएकी पोखाले साँघुरो छाप्रोमै जमरा उमारेकी हुन् । सानो छाप्रोमा एकै ठाउँमा भान्छा, ओछ्यान र जमरा रहे पनि दसैं मनाउने योजना भने नभए...बाँकी

साँगादिन बजारमा आगलागी : ३ घर नष्ट, लाखौंको क्षति

खेवाङ गाविसस्थित साँगादिन बजारमा भएको आगलागीले ३ घर जलेर नष्ट भएका छन् । अाइतबार राति करिब १ बजे अचानक भएको आगलागीले खेवाङ– ४ का श्रीप्रसाद भट्टराई, ठाकुरप्रसाद दाहाल र कृष्णप्रसाद दाहालको घर पूर्णरुपमा जलेर नष्ट भएका हुन् । घरसँगै रहेको पसल र घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट हुँदा लाखौं मू...बाँकी