२१ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले मौजुदा मन्त्रिमण्डलमा व्यापक हेरफेर गरेका छन् । आफैंले प्रतिनिधिसभा ‘विघटन’ गरेर चुनाव समेत घोषणा गरिसकेको अनि संविधानको धारा ७६ (२) वमोजिमको नियुक्तिमा विश्वासको मत गुमाएर ७६ (३) अनुसार पुनर्नियुक्ति लिँदा समेत विश्वासको मत हासिल गर्न नसकेर संविधानतः अपदस्थ भइसकेका ...बाँकी
१९ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
राजधानी उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । बुधबार बसेको काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको बैठकले निषेधाज्ञा ‘खुकुल्याउँदै लम्ब्याउने’ निर्णय गरेको हो ।
उपत्यकामा अब जेठ ३१ सम्म निषेधाज्ञा ...बाँकी
१८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
सर्वोच्च अदालतमा परेका प्रतिनिधिसभा ‘विघटन’ सम्बन्धी रिटहरूको सुनुवाइ जेठ २३ देखि मात्रै हुने भएको छ । विवादमा तानिएका न्यायाधीश संवैधानिक इजलासमा कायम रहने कि नरहने भन्ने विवादको निरूपणमै मंगलबारको इजलास सकिएको छ ।
दुई न्यायाधीशको ‘नैतिकता’ मा आधारित भएर अघिल्लो शुक्रबारदेखि चलेको विवादले मंगलबा...बाँकी
१८ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजवादी पार्टी (जसपा) ले सो पार्टीका दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्कासित गरेको छ । सोमबार राजधानीमा बसेको कार्यकारिणी सदस्यहरुको बहुमतको बैठकले ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यता नै नरहने गरी पार्टीबाट निष्कासन गरे...बाँकी
१७ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम गृहकार्यमा जुटेको छ । मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलाउँदै पार्टी फुटाएर भए पनि ठाकुर–महतो समूह यसै साता सरकारमा सहभागी हुँदै छ ।
सरकारमा सहभागिताका निम्ति प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओ...बाँकी
१६ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
विपक्षी पाँच दलीय गठनबन्धनले कामचलाउ सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आइतबार बिहान बसेको पाँच दलीय गठबन्धनको सो बैठकले संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र नियकाहरुलाई समेत अपिल ...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
संसद् ‘विघटन’ गराएर कात्तिक अन्तिम साता र मंसिर पहिलो साता मध्यावधि चुनाव घोषणा गराएको कामचलाउ सरकारले अध्यादेशमार्फत बाटो खोलेर कामचलाउ अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई शनिबार पूर्ण बजेट पढ्न लगायो ।
करिव आधा ऋणको भर परेको बजेटले चुनावमा भोट तान्ने र कार्यकर्ता पोस्ने हिसाबले भ्रमजालपूर्ण किसिम...बाँकी
१५ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
आफ्नै पार्टी अध्यक्षलाई छाडेर प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्नुपर्नाको कारणबारे नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले सामाजिक सञ्जालबाटै ‘स्पष्टीकरण’ दिएका छन् ।
शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै एक सांसदको हिसाबले आफूले म...बाँकी
१४ जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
कामचलाउ प्रधानमन्त्री खड्ग ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीबीचको लज्जास्पद मिलेमतोमा गत शुक्रबार दिउँसोदेखि रातभर लगाएर गरिएका अपराधपूर्ण हर्कतहरूका विरूद्ध सर्वोच्च अदालतमा दायर गरिएका दुई दर्जनभन्दा बढी रिटहरुमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ ।
प्रधानन्यायाधीश जबराले शुक्...बाँकी
१० जेष्ठ, २०७८ |
न्युजकोसेली संवाददाता
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीलाई ‘गद्धार’ को संज्ञा दिएका छन् । ‘केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको गद्दार हुन्,’ सोमबार खनालले भने– ‘उनले गर्ने निर्णय र कथित कारबाहीले हाम्रो रौं पनि हल्लँदैन ।’
बालुवाटारमा सोमबार बसेको ओ...बाँकी