३० फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बीमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायतका सेवा–सुविधा पाउँछन् । ती सेवा–सुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्य...बाँकी
३० फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
विभिन्न धार र घटकमा विभाजित माओवादी खेमाहरुले संयुक्त रुपमा नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्दैछन् । विस्तृत शान्ति सम्झौता, शान्ति प्रक्रियाको पूर्णता र विरोधीहरुका पछिल्ला हर्कतबारे माओवादी धारका पार्टीहरूले राजधानीमा मंगलबार (आज) बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।
२...बाँकी
२१ फाल्गुन, २०७९ |
न्युजकोसेली संवाददाता
त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी भएको छ । यीमध्ये कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र लमजुङस्थित कृषि क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ ।
विद्यार्थी संगठनबीच निरन्तर झडप भएकाले लमजुङ कृषि क्याम्पसमा नि...बाँकी
१२ माघ, २०७९ |
न्युजकोसेली/विशेष संवाददाता
डा. अनिलविक्रम कार्कीले ‘हेड एण्ड नेक क्यान्सर’ सर्जरी विषयमा सन् २००७ मा एमएस गरे । ४७ वर्षे डा. कार्की भरतपुर क्यान्सर अस्पतालमा कार्यरत छन् । उनी सिनियर क्यान्सर सर्जन हुन् ।
हक्की स्वभावका डा. कार्की अहिलेसम्म नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष हुन् । आसन्न अनिवेशनमार्फत उनी अध्यक्ष पदको सशक्त द...बाँकी
२३ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
डोटी केन्द्रविन्दु भएर बुधबार बिहान झिसमिसेमै अर्थात् मङ्गगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । सोही भूकम्पमा परी पाँच जना घाइते भएको विवरण प्राप्त भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्...बाँकी
२३ कार्तिक, २०७९ |
पत्रपत्रिकाबाट
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल सकिँदै छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनबारे चर्चा सुरू भएकाे हाे ।
निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ । का...बाँकी
१५ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
एमालेले २० ग्यारेन्टी र २४७ प्राथमिकतासहित घोषणापत्र सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका सन्दर्भमा एमाले अध्यक्ष खड्ग ओलीले मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
यस्तो छ एमाले घोषणापत्रको पूर्णपाठ–
...बाँकी
१४ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रतिबद्धतापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय, कोटेश्वर, पेरिसडाँडामा सोमबार अपराह्न कार्यक्रम आयोजना गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भको प्रतिबद्धतापत्र सा...बाँकी
१४ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
नेकपा (एकीकृत समाजवादी) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । गतवर्ष एमालेबाट विभाजित भई पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित गठन भएको उक्त पार्टीका शीर्ष नेताहरूले सोमबार (आज) राजधानीमा आयोजित कार्यक्रमबीच घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एकीकृत समाजवादीले घोषणापत्रमार्फत स...बाँकी
१२ कार्तिक, २०७९ |
न्युजकोसेली संवाददाता
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको मस्यौदा समितिले तयार पारेको घोषणापत्र शनिबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेका हुन् ।
‘संविधानको रक्षा...बाँकी