newskoseli.Com

आफैंले जन्माएको बच्चा चपाउने नरभक्षी आमा !

यो दुनियाँमा कुनै महिला यतिसम्म क्रुर हुन सक्लिन, जसले आफैले जन्माएको नवजात शिशुलाई नै खाने प्रयास गर्छ रु

ममतामयी आमाका लागि आफुले जन्माएको बच्चा मुटुकै टुक्रा समान हुन्छ । तर सबै आमाहरु यस्ता कहाँ हुन्छन् र रु अवैध रुपमा जन्माएका बच्चालाई मारेर फ्याँक्ने सम्म आमाहरु भेटिन्छन् । चीनमा भने अझ एक कदम अघि बढ्दै यस्तै आमा फेला परेकी छिन्, जसले आफैले जन्माएको नवजात शिशुलाई खानका लागि चपाइन् ।

ली जेंगहुवा नामकी ती महिलालाई गर्भवती अवस्थामै घरपरिवारले घरनिकाला गरेका थिए । उनले सडकमै बसेर गुजारा गरिन् । उनको पेटको बच्चा हुर्किँदै गयो । एक दिन उनलार्इ प्रसव पीडा भएपछि स्थानीय मानिसहरुले उनलाई अस्पतालमा लगे । अस्पतालमा उनले छोरा जन्माइन् ।

ती महिलाको मानसिक अवस्था बिग्रिएको थियो । पुलिस तथा अस्पतालका अधिकारीहरुले पटक पटक सोधखोज गर्दा पनि उनले आफ्नो घर तथा लोग्नेको नाम बताउन नसकेपछि उनलाई तत्कालका लागि अस्पताल मै राखियो । तर, एकदिन यस्तो घटना भयो, जसले अस्पतालका नर्स तथा डाक्टरहरुको होसहवास उड्यो ।

आफ्नो बच्चा जन्माएको ४ दिनपछि ती महिलाले आफ्नो डरलाग्दो रुप देखाउन सुरु गरिन् । ती महिला नरभक्षी जस्तै आफ्नो नवजात शिशुलाई चपाउन थालिन् । उनले बच्चाको हातपाखुरा यसरी चपाएकी थिइन् र बच्चा रगताम्य भएको थियो ।

जब ड्युटीमा रहेकी नर्सले यो भयानक दृष्य देखिन् तव उनी चिच्याइन् र तत्कालै बच्चालाई ती नरभक्षी आमाबाट खोसिन् । आमाबाट चपाइएको बच्चाको उपचार भइरहेको छ । मानसिक रोगबाट प्रताडित आमाको पनि उपचार भैरहेको बताइएको छ । एजेन्सीज

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर