newskoseli.Com

‘किरिया गरिसकिएका’ जनमुक्ति सेना जिउँदै घर आएपछि…

वर्गविहीन समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा (माओवादी) ले आह्वान र नेतृत्व गरेको दसवर्षे जनयुद्धमा हजारौं युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीले शहादत पाए, केही सकुशल घर फर्किए त केही बेपत्ता र घाइते–अपांग भए ।

केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर ‘काजकिरिया’ समेत पनि गरे । तर, ‘काजकिरिया’ गरिएको १५ वर्षपछि रूकुममा भने एक जनमुक्ति सेना ०७६ साउन १९ मा घर फर्केका छन् । परिवारका सदस्यले उनी जनयुद्धमा ‘मरेको’ ठानेर ‘काजकिरिया’ नै गरिसकेका थिए ।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा (माओवादी) का जनमुक्ति सेनाबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका– ११ (साविक अर्मा गाविस– ९) का उमेश विश्वकर्मा मरेको ठानेर परिवारले ‘किरिया’ गरिसकेका थिए । तर, उनी घर आएका छन् ।

२०६१ मा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन । उनी घर नआएपछि परिवारले ‘मृत्यु भइसकेको’ ठानेर ‘काजकिरिया’ गरिसकेको खबर लोकेन्द्र खनालको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर