२३ श्रावण, २०७६ |
वर्गविहीन समाज निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा (माओवादी) ले आह्वान र नेतृत्व गरेको दसवर्षे जनयुद्धमा हजारौं युवा सहभागी भए । युद्धमा सहभागीमध्ये केहीले शहादत पाए, केही सकुशल घर फर्किए त केही बेपत्ता र घाइते–अपांग भए ।
केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर ...बाँकी
१ बैशाख, २०७६ |
सिरहा, १ वैशाख ।
सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल, जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।
त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौं रहेको छ । इसाको छैटौं–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चम...बाँकी
२२ चैत्र, २०७५ |
एजेन्सी
संसारकै धनी व्यक्तिको उपाधि पाएका विश्वचर्चित ‘अमेजन’ कम्पनीका मालिक जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी सम्बन्ध–विच्छेदको निर्णयमा पुगेका छन् ।
उनीहरुको यो सम्बन्ध–विच्छेदले विश्वकै सबैभन्दा ‘महँगो’ सम्बन्ध–विच्छेदको रेकर्ड बनाएको छ किनभने म्याकेन्जीले करिव ४० खर्ब रूपैयाँ अर्थात् ३५ बिलियन अ...बाँकी
२२ चैत्र, २०७५ |
एजेन्सी
प्राग्–मानवशास्त्रीहरूले हालै पेरूमा ४ करोड ३० लाख वर्ष पुरानो चारखुट्टे ह्वेलको झन्डै–झन्डै पूर्ण रूपको अवशेष फेला पारेका छन् ।
अवशेषको अध्ययन गर्दा ह्वेलको लम्बाइ चार मिटर भएको पाइएको छ । शारीरिक बनावटका आधारमा यो पौडिनुका साथै जमिनमा समेत हिँड्न सक्ने भएको अनुमान प्राग्–मानवशास्त्रीहरूले गर...बाँकी
१२ चैत्र, २०७५ |
एजेन्सी
पुरातत्त्वविदहरुले चीनको जियाङ्सु प्रान्तमा सोमबार २ हजार ५ सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको र अरू सबै सग्लै अवस्थामा पाइएको थियो ।
लियाङ सहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटाको भा...बाँकी
५ फाल्गुन, २०७५ |
दाङ, ५ फागुन ।
उमेर ७२ वर्ष । तर, मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी ।
बिहानदेखि साँझसम्म चोयाचित्राको काम तर कतै देखिँदैन थकानको महसुस । सात दशक पार गरेको संघर्षको पेटारो सितिमिति खोल्न मन लाग्दैन उनलाई । उल्टै प्रश्न गर्छिन्– ‘ए, बरै ! पुराना दुःख सम्झेर के हुन्छ र ? ...बाँकी
२० मंसिर, २०७५ |
काठमाडौं, २० मंसिर ।
हरेक धर्ममा आ–आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दू धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् ।
अधिकांश हिन्दू मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौंदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसको वैज्ञानिक कारण पनि छ, जुन धेरैलाई थाहा नहुन सक्छ ।
यस्ता छन् मन्दिर घन्टी राख्ने प्रमुख दुई ...बाँकी
२१ आश्विन, २०७५ |
सिन्धुपाल्चोक, २१ असोज ।
पहिले कहीं–कतै नदेखेको–नसुनेको ‘दूध दिने गोरु’ हेर्न आउनेको लर्को अझै घटेको छैन ।
हेलम्बु गाउँपालिका, इचोक, पुरानागाउँस्थित दूधालू गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।
पुरानागाउँमै गोरुका लागि घाँसपात र दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले व्यह...बाँकी
२४ माघ, २०७४ |
बीबीसी
२५ वर्षीया मान्यता (नाम परिवर्तन) को होसहवास उड्यो, जब उनका पति मुकेशको शरीरमा महिलाको अंग भेटियो । मुकेशको शरीरमा पुरुष अंगका साथै गर्भाशय (युट्रस) र अण्डाशय (ओभरी) तथा गर्भाशय ट्युबको समेत विकास भएको रहेछ । महिला अंग विकसित भएको भए पनि उनको स्वास्थ्यमा त्यसको असर भने देखिएको थिएन ।
जबसम्म मुकेश...बाँकी
५ माघ, २०७४ |
बीबीसी
न्युजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा सरकार प्रमुखले बच्चालाई जन्म दिन लागेको यो घटना विरलैमध्येको एक हो ।
यसअघि पाकिस्तानको प्रधानमन्त्री हुँदा बेनजिर भुट्टोले सन् १९९० मा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएको ६...बाँकी