newskoseli.Com

अनौठो फूल, जो नयाँ वर्षको पहिलो दिन मात्र फुल्छ !

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल, जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ ।

त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौं रहेको छ । इसाको छैटौं–सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैंमा एउटा आश्चर्य र कौतुहलताको विषय बनेको छ ।

‘दलित’ मध्ये पनि अति ‘पिछडिएको’ भनिने दुसाद जातिका कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवनगाथासँग जोडिएको त्यो फूल फुल्ने रूख केको हो ? र, कसरी यतिका दिनसम्म बाँचिरहेको छ ? यस्ता प्रश्न वनस्पतिविदका लागि अध्ययन र अनुसन्धानको विषय बनेका छन् ।

प्रदेश– २ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको लहान बजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गरेको खबर शुभेन्द्र दासको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर