newskoseli.Com

प्रधानमन्त्रीद्वारा आफू गर्भवती भएको सामाजिक सञ्जालबाट घोषणा

न्युजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा सरकार प्रमुखले बच्चालाई जन्म दिन लागेको यो घटना विरलैमध्येको एक हो ।

यसअघि पाकिस्तानको प्रधानमन्त्री हुँदा बेनजिर भुट्टोले सन् १९९० मा बच्चा जन्माएकी थिइन् । बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्स्टन पिटर्सनले आफ्नो जिम्मेवारी सम्हाल्ने पनि उनले बताएकी छन् ।

३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्यवामपन्थी गठबन्धन बनाएपछि सन् १८५६ यताकै न्युजिल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन् । सामाजिक सञ्जालबाट शुक्रबार आफू गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ ।

आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने प्रधानमन्त्री आर्डनले बताइन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा आर्डनले लेखेकी छन्– “हामीलाई लाग्यो कि सन् २०१७ महत्त्वपूर्ण वर्ष हो ।”

सेप्टेम्बरको चुनावमा कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन् भने आर्डनको पार्टीले दोस्रो स्थान हासिल गरेको थियो । लेबर पार्टीले पिटर्सको फर्स्ट पार्टीसँग गत वर्षको अक्टोबर महिनामा गठबन्धन गरेको थियो ।

सुत्केरी अवधिको ६ हप्ताभर आफू उपप्रधानमन्त्रीसँग सम्पर्कमै रहने र आवश्यकता पर्दा जुनसुकै बेला उपलब्ध हुने उनले विज्ञप्तिमार्फत बताएकी छन् । प्रधानमन्त्री हुनुभन्दा ६ दिनअघि नै आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको उनले बताएकी छन् । बच्चासँगै काम गर्ने महिला आफूमात्रै नभर्इ थुप्रै भएको र यसअघि थुप्रै महिलाले यस्तो गर्दै आएको विज्ञप्तिमा उनले बताएकी छन् ।

उनलाई बधाई दिनेको प्रारम्भिक सूचीमा न्युजिल्याण्डका दुई पूर्वप्रधानमन्त्रीहरू छन् । गत जुलाईमा आर्डनले लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर