newskoseli.Com

२५०० वर्ष पुराना अन्डा सग्लै भेटिएपछि…

पुरातत्त्वविदहरुले चीनको जियाङ्सु प्रान्तमा सोमबार २ हजार ५ सय वर्ष पुरानो चिहानबाट सग्लो अन्डा भेटिएको जनाएका छन् । उत्खननका क्रममा अन्डाले भरिएको जारमा एउटा मात्र अन्डा फुटेको र अरू सबै सग्लै अवस्थामा पाइएको थियो ।

लियाङ सहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन् गर्दा ढक्कन लगाइएको माटाको भाँडामा ती अन्डा फेला परेको नानजिङ म्युजियम इन्स्टिच्युट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले बताएका छन् । मानिसको हातले छुँदा अन्डा फुट्ने त्रासका कारण अन्डा गणना गर्न एक्स–रेको प्रयोग गरिएको पुरातत्त्वविद् झाओ हेङमिङले बताए ।

–सेतो र पहेंलो अवस्थामा भेटिएका ती अन्डा सडेको अवस्थामा छन् तर नुनमा डुबाइएको थियो वा थिएन भन्ने बारेमा डीएनए परीक्षण गर्ने तयारी भइरहेको छ’– उनले भने । अन्डाका शौखिन व्यक्तिको निधन भएपछि उनकै सम्झनामा भाँडामा अन्डा राखेर सँगै गाडिएको हुन सक्ने अनुसन्धाताहरुको भनाइ छ ।

प्राचीन चिनियाँ चिहानहरुमा अन्डा भेटिएको यो पहिलो पटक भने होइन । तर, अन्डा नफुटेको अवस्थामा बिरलै पाइन्छ । वैज्ञानिकहरुका अनुसार यति लामो अवधिसम्म अन्डाको बाहिरी भाग सुरक्षित रहनु निकै कठिन कुरा हो ।

सन् २०१५ मा चीनको दक्षिणपश्चिम गुईझाओ प्रान्तमा पुरातत्त्वविद्हरुले २ हजार वर्षभन्दा अघिको चिहानमा पनि अन्डा फेला पारेका थिए । तर, उत्खननका क्रममा हातले छोइँदा त्यस अन्डाको बाहिरी भाग फुटेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर