newskoseli.Com

यो हो विश्वकै सबभन्दा ‘महँगो’ सम्बन्ध–विच्छेद !

संसारकै धनी व्यक्तिको उपाधि पाएका विश्वचर्चित ‘अमेजन’ कम्पनीका मालिक जेफ बेजोस र उनकी श्रीमती म्याकेन्जी सम्बन्ध–विच्छेदको निर्णयमा पुगेका छन् ।

उनीहरुको यो सम्बन्ध–विच्छेदले विश्वकै सबैभन्दा ‘महँगो’ सम्बन्ध–विच्छेदको रेकर्ड बनाएको छ किनभने म्याकेन्जीले करिव ४० खर्ब रूपैयाँ अर्थात् ३५ बिलियन अमेरिकी डलर रकम पाउने सहमति भएको छ । सहमति अनुसार सन् १९९४ मा बेजोसले स्थापना गरेको अमेजन कम्पनीमा अब म्याकेन्जीको ४ प्रतिशत हिस्सा हुनेछ । म्याकेन्जी अमेजन कम्पनीका सुरुआती कर्मचारीहरूमध्येकी एक हुन् ।

कम्पनी स्थापनादेखि नै सँगै काम गर्दै आएका म्याकेन्जी र बेजोस दुवैले सकारात्मक प्रकृतिका ट्विट गर्दै आफूहरूबीच सम्बन्ध–विच्छेद भएको जानकारी दिएका छन् । म्याकेन्जीको भागमा अमेजनको ४ प्रतिशत हिस्सा परेपछि उनी विश्वकै तेस्रो धनी महिला बन्ने फोर्ब्स पत्रिकाले जनाएको छ । सो सम्पत्ति उनलाई दिँदा समेत बेजोस भने धनाढ्यको पहिलो नम्बरमै यथावत रहनेछन् ।

५५ वर्षीया बेजोस र उपन्यासकार समेत रहेकी ४८ वर्षीया म्याकेन्जीका चार सन्तान छन् । सम्बन्ध–विच्छेदको सहमतिअघि अमेजनमा बेजोसको हिस्सा १६.३ प्रतिशत थियो । यस मध्येको ७५ प्रतिशत हिस्सा मात्र उनीसँग बाँकी रहनेछ र २५ प्रतिशत म्याकेन्जीको भागमा गए पनि बेजोसले कम्पनीको सञ्चालक समितिमा आफ्नो मताधिकार भने बेजोसलाई नै हस्तान्तरण गरेकी छन् । यसो हुँदा अमेजनमा बेजोसको हिस्सेदारी कम भए पनि कम्पनीमा निर्णय गर्ने अधिकार भने यथावत कायम रहनेछ ।

म्याकेन्जीले अमेजनबाहेक बेजोसको लगानी रहेका ‘वासिङटन पोस्ट’ अखबार र ‘ब्लु ओरिजिन’ नामक अन्तरिक्ष यात्रा फर्ममा समेत आफ्नो हिस्सेदारी दावी गर्दै आएकी थिइन् । सम्बन्ध–विच्छेदको अन्तिम सहमतिसँगै उनले यी दुई कम्पनीमा भने दावी नगर्ने भएकी छन् । अमेजन संसारकै अग्रणी अनलाइन सपिङ साइट हो । सन् २०१८ मा यसको कूल बिक्री करिव २ सय ३३ अर्ब डलर थियो । फोर्ब्सका अनुसार यसले बेजोस र उनको परिवारको सम्पत्ति १ सय ३१ अर्ब डलर पुर्‍याएको थियो ।

बेजोस र म्याकेन्जीबीच सम्बन्ध–विच्छेद हुनुअघि अमेरिकी अर्बपति एलेक वाइल्डेन्सटिन र उनकी श्रीमती जोसलिनबीचको सम्बन्ध–विच्छेद विश्वकै सबभन्दा ‘महँगो’ सम्बन्ध–विच्छेद मानिँदै आएको थियो । ३.८ बिलियन डलरमा उनीहरूको सम्बन्ध–विच्छेद सहमति भएको थियो । तर, अब त्यो रेकर्ड बेजोस र म्याकेन्जीले तोडिदिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर