नेपालको एउटा खोला भारतले चिनियाँ कम्पनीलाई बेचेको छ ।
भारतीय कम्पनी जीएमआरले ११ वर्षसम्म माथिल्लो मर्स्याङ्दी– २ जलविद्युत् आयोजनाको लाइसेन्स ‘होल्ड’ गरेको थियो । उसले अहिले त्यही आयोजना ३ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ ।
६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।