बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम अझै बढेको खबर प्रकाशम आएको छ ।
पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउन दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । केही दिन अघि मात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एउटा पार्टीका नेताले ‘ऊ हाम्रो पार्टीको मानिस, रिक्सा चालक संगठनको व्यक्ति हो’ भन्दै उनलाई दबाब आएको थियो ।
बलात्कारी बचाउन सानादेखि ठूलासम्म पार्टीका तल्लो तहदेखि माथिल्ला निकायसम्मका नेताहरुबाट फोन र दबाव आउने गरेको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।